Loading... आजः बिहिबार , जेठ ३१, २०८१

संकटको यो घडीमा गरिब र असहायकहरुकाे सहयोगमा मुठि फुकाउन पनि निजी क्षेत्रका व्यवसायीसँग आग्रह गर्दछु: अध्यक्ष प्रचण्ड


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ को संक्रमणका बेला अग्रपंक्तिमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थामा राज्यले थप जोड दिनुपर्ने बताउनुभएको छ।

शनिबार भिडियो सन्देश जारी गर्दै अध्यक्ष दाहालले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल थप उच्च बनाउन ध्यानाकर्षण गराउनुभएकाे हो। साथै उहाँले सातै प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि आग्रह गर्नुभएको छ।

https://www.facebook.com/prachanda.nepal/videos/3146437515582101/

Insert your Ads code here

भिडियो सन्देशमा अध्यक्ष दाहालले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने निम्‍न वर्गीय नागरिकका लागि आश्यक आर्थिक प्याकेज ल्याउन पनि सरकारसंग माग गर्नुभएको छ।

यस्तै, उहाँले संकटको घडीमा निजी क्षेत्रका व्यवसायीलाई मुठ्ठी फुकाउन आग्रह पनि गर्नुभएको छ।‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजिवी जनताको खाद्यान्न लगायतको व्यवस्थपनमा आवश्क खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष प्याकेज निमार्णमा सरकारको ध्यान जाने नै छ,’ अध्यक्ष दाहालले भन्नुभएको छ:‘संकटको यो घडीमा गरिब र असहायकहरुके सहयोगमा मुठि फुकाउन पनि निजी क्षेत्रका व्यवसायीसँग आग्रह गर्दछु।’

उहाँले कोभिड–१९ संक्रमणका विरुद्ध विजय प्राप्त गर्न सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशन पालना गरेर घरमा बस्न अाग्रह गर्नुभएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!