Loading... आजः शनिबार , श्रावण १२, २०८१

संक्रमितको शव व्यवस्थापनमा खटेका १० सैनिकमा कोरोना पुष्टि


महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए। संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा ती नेपाली सेनाहरु नै खटिएका थिए। संक्रमित सबै केही दिनदेखि नै आइसोलेशनमा बस्दै आएका हुन्।

करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ कटवालले बताउनुभयो। ‘शव व्यवस्थापनमा खटिएका सेनाहरु पहिलेदेखि नै आइसोलेशनमा बस्दै आएकाले ब्यारेकलाई शिल गरिएको छैन’ उहाँले भन्नुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!