संक्रमित भन्छन् ः स्वास्थ्यकर्मीको परामर्शले मनोबल बढ्यो
गीता चौधरी/ कैलाली
जानकी गाउँपालिकामा घरभेट कार्यक्रम भईरहेको छ । कोरोना महामारीको समयमा कोरोना संक्रमितहरुलाई परामर्श दिने उद्देश्यले स्वास्थ्य सामग्री सहित सो घरभेट कार्यक्रम सुरु भएको हो ।
नागरिक आफू संक्रमणमो बेला स्वास्थ्य कर्मी र जनप्रतिनिधि आफ्नो घरमा आएर परामर्श दिए पछि खुशि भएका छन् । जानकी गाउँपालिका वडा न ५ पथरैयाका एक युवकलाई कोरोना भाईरस कोभिड संक्रमणको समस्या देखिएको छ । जेठ ११ गतेमा उहाँलाई कोरोना भाईरस संक्रमणको पुस्ति थियो । स्वास्थ्य समस्यापछि उहाँ होमआशोलेशनमा बसिरहनु भएको छ । उहाँलाई मनमा एक किसिमको डर त्रास थियो । स्वास्थ्यकर्मी र जनप्रतिनिधि नै घरमै आएर दिएको परामर्शले उहाँको मन हलुको भएको छ । ‘‘मलाई कोरोना पुष्टि भएपछि अब के गर्ने होला भनेर मन नकारात्मक सोच आईरन्थ्यो तर स्वास्थ्य कर्मी र जनप्रतिनिधिहरुको परामर्शले मनोवल बढेको छ’’, उहाँले भन्नुभयो ।
जानकी गाउँपालिका वडा नं ४ मुनुवाकी एक महिला कोरोना भाईरस संक्रमण पुष्टि भएपछि होम आईशोलेनमा बसिरहनु भएको छ । ‘‘कोभिडको समस्या भएपछि उहाँलाई मनमा मलाई अब के हुन्छ कस्तो हुन्छ भन्ने चिन्ता लागि रहन्थ्यो तर स्वास्थ्यकर्मीको नियमित परार्मशले उहाँको मनोवल बढेको छ । घरपरिवारको पनि सहयोग राम्रो छ’’ उहाँले खुशी हुँदै भन्नुभयो ।
जानकी गाउँपालिकाका स्वास्थ्यकर्मीहरु स्वास्थ्य समग्री सेनेटाईजर, माक्स, औषधी लगायतका सामग्री सहित कोरोना संक्रमितको घरमा पुग्ने गरेका छन् । गाउँपालिकाले कोरोना सक्रमितलाई परामर्श दिनुका साथै संक्रमितको सम्पर्कमा रहेका नागरिकको अवस्था, संक्रमितले खोप लगाए नलगाएको, संक्रमित दिर्घरोगी भए नभएको लगत संकलन गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले जानकारी दिनुभयो ।
घरभेटमा संक्रमितको अवस्था हेरेर औषधी र स्वास्थ्य सामग्री प्रदान गर्नु साथै मनोपरामर्श तालिम प्राप्त स्वास्थय कर्मी मार्फत परामर्श दिने गरेको उहाँले भन्नुभयो । संक्रमितहरुसँग सम्पर्क गर्दा कतिपयलाई नियमित मनोपरामर्श दिने खालका भेटिएकाले विरामीलाई फोन मार्फत पनि परामर्श दिने गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकामा हालसम्म जना ५१८ जनाको परिक्षण गरिएकोमा १६८ जना संक्रमित रहेका छन् । भने १३७ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । ७ महिला ११ पुरुष गरी १८ जना होमआईशोलेशनमा बसिरहेका छन् । ६ जना वडा नं ८ भोक्सीमा रहेको आईशाोलेशनमा बसिरहनु भएका छन् । ६ पुरुष ३ महिला गरी ९ जनाको कोरोना संक्रमणको कारण निधन भईसकेको छ ।
तपाइँकाे प्रतिक्रिया
