Loading... आजः शनिबार , श्रावण १२, २०८१

संविधान दिवसका अवसरमा नेपाली दूताबासमा अन्तर्क्रिया


छैटौँ संविधान दिवास अर्थात् राष्ट्रिय दिवसका उपलक्ष्यमा पैचिङस्थित नेपाली दूताबासले एउटा अन्तर्क्रियात्मक कार्यक्रम गरी मनाएको छ। पैचिङमा रहेर विभिन्न पेशा व्यवसाय अँगालेका तथा उच्च शिक्षा लिइरहेका सहभागीहरुले नयाँ संविधानपछि नेपालमा स्थिर सरकार बनेकाले जतिसक्तो प्रयासमा विकास निर्माणको बाटोमा अघि बढ्नुपरने सुझाव दिए।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले अन्तर्क्रिया गर्नुको उद्देश्य यो संविधान दिवसको अवसरमा विदेशमा रहेका बौद्धिक नेपाली समुदायले दिने सुझावहरु संकलन गर्नु र विदेशमा रहेको बौद्धिक शक्तिलाई नेपालमा भित्र्याउन पहल गर्नु रहेको बताउनुभयो।

Insert your Ads code here

कार्यक्रममा मोबाइल प्रविधिको विकास बारेमा राकेश ताम्राकार,नेपाल चीन अनुसन्धान सहर्कायका बारेमा डीबी कट्टेल,बाँदरले जनसमुदायमा निम्त्याएको द्वन्द्वबारे सबिना कोइराला,एसियाली पूर्वाधार लगानी बैंक एआईआईबीका अर्थशास्त्री आलोकरा पाण्डेले कोभिड १९ पछिको नेपाली अर्थतन्त्र र पिएचडी अध्ययनरत कुलराज राईले संक्रामक रोग लगायतबारे चर्चा गर्दै नेपालका लागि सुझावहरु प्रस्तुत गर्नुभयो।

पैचिङस्थित नेपाली दूताबासले यसपटक कोभिड १९ महामारीका कारण यहाँ उपलब्ध केही नेपालीहरु माझ राष्ट्रिय दिवस मनाएको हो। अघिल्लो पटक पैचिङस्थित चिनियाँ र विदेशी नियोगका प्रतिनिधिहरु माझ मनाउने गरेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!