Loading... आजः शनिबार , श्रावण १२, २०८१

संविधान दिवसको अवसरमा ३७ जना सम्मानित


मेनका चौधरी ः
बर्दिया ३ असोज
बर्दियाको बारबर्दिया नगरपालिकाको आयोजनामा भएको सविधान दिवसको अवसरमा आज प्रमुख अथिती तथा लुम्बिनी प्रदेशका सभासद तिलकशर्मा हिमालले सविधान दिवसको अवसरमा सम्वोधनको क्रममा उहाँले भन्नुभयो“ सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को गौरवपूर्ण अवसरमा नेपाली समस्त देश, विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि नेपाल एवम् लुम्विनी प्रदेशको निरन्तर समुन्नती तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको बताउनु भयो ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक वुद्धिजिवी, नागरीक अगुवाहरु लगायतको सहभागीता रहेको कार्यक्रममा बारबर्दिया नगरपालिकाको नगरप्रमुख दुर्गा वहादुर थारुले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ ले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढीकरण र समतामूलक समाजसहितको समृद्ध नेपाल एवं राष्ट्र निर्माणका लागि सबै नेपालीलाई प्रेरणा दिने बताउँदै यसमा सबै नेपालीको जिम्मेवारी पूर्ण तरिकाले भूमिका निर्वाह गर्नका लागि अपिल गर्नुभयो ।
संविधान दिवसको अबसरमा कोरोना माहामारि तथा विभिन्न क्षेत्रबाट सामाजिक रुपमा योगदान गरेका बारबर्दियाका १६ जना शिक्षक र २१ जना स्वास्थ्य कर्मीहरुलाई विभिन्न क्षेत्रबाट समानीत गर्ने गरी नाम घोषणा गरिएको थियो । सविधान दिवसको अवसरमा विभिन्न नाच गानहरुका कार्यक्रमहरु सहित उल्लासको साथमा मनाइएको थियो ।
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!