Loading... आजः सोमबार , असार ३२, २०८१

संसदीय मामिला रिपोटिङ सम्बन्धी दुई दिने तालिम सम्पन्न


 

काठमाण्डौं, १० मंसीर ।

Insert your Ads code here

पत्रकार महिलाका लागि संसदीय मामिला रिपोटिङ सम्बन्धी दुई दिने तालिम आज सम्पन्न भएकाे छ ।

मंसिर ९ गते देखि सुरु  भएकाे दुइ तालिमको अन्तिम दिन आज प्रदेशसभामा हुने संसद, केन्द्र र प्रदेश संसदको समन्वय, मुद्दाहरु, प्रदेश र केन्द्रमा संसदको विषयमा रिपोर्टिङ हुने भिन्नता, चुनौती लगायतका विषयमा छलफल भएको छ । छलफलमा यो क्षेत्रमा लामो समय कलम चलाउनुभएका विषय विज्ञले प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रशिक्षक जगत नेपालले संसदको रिपोटिङ गर्ने तरिका, रिपोर्टिङ गर्दाका चुनौती लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । अन्तरक्रियात्मक तरिकाले चलकेको उहाँको सत्र निक्कै प्रभावकारी भएको सहभागिले बताएका थिए । त्यस्तै उहाँले कानुन निर्माण प्रक्रिया, प्रतिनिधिसभा, राष्ट्रिय सभा, समिािका बैठक, विशेष समिति, कस्ता विषय समाचार बन्न सक्छन? एङगल के हुन सक्छ ?कस्ता समाचारलाई प्राथमिकता दिने लगायतका विषयमा सहभागिलाई प्रस्ट्याउनुभएको थियो ।

यस्तै कार्यक्रममा संसदीय मामिला पत्रकार तथा न्युज एजेन्सी नेपालकी प्रधान सम्पादक कृष्णा पौड्लले ससदीय समाचार सकलनमा लैगिक मुद्दा प्राथमिकताबारे आफ्नो प्रस्तुति दिनुभएको थियो । ससदीय विषय रिपोटिङ गर्ने महिला पत्रकारको सख्या कम भएपनि पछिल्लो समय बढ्दै गएको र ससदमा प्रतिनिधित्व गर्ने महिलामा पनि पछिल्लो समय विभिन्न विषयमा प्रश्न र आवाज उठाउन सक्ने क्षमताको विकास हुँदै गएको बताउनुभएको थियो । यस्तै सम्पादकले रिपोर्टरबाट कस्ता समाचारको अपेक्षा गर्छन भन्ने विषयको सम्पादक र पत्रकारबीच भएको छलफलमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, इकाजग डट कमका प्रधान सम्पादक हरिबहादुर थापा र डब्लुडब्लुजेकी उपाध्यक्ष निर्मला आचार्य सहभागि हुनुहुन्थ्यो । यस्तै ससदीय निगरानी र समाचारको विविध दृषिका्णका बारेमा सघीय ससद सचिवालयका सचिव धुब्र घिमिरेले संसदको अवस्था र संसदीय तरिकाका विविध विषयमा पत्रकारहरुलाई जानकारी दिनुभएको थियो । सो तालिम अन्तर्गत हिजो संसदीय पत्रकारिताका आधारभूत पक्षहरू, राजनैतिक इतिहास र ज्ञान, मर्यादा, सम्बन्ध, दलीय अन्तरकथाको समझ, परम्परा, नियमावली आदि, नेपालमा संसदीय व्यवस्थाको विकासक्रम, संघीय व्यवस्था, संविधान सभा र संघीय संसदको भिन्नता लगायतको विषयमा छलफल भएको थियो । संसद सहयोग परियोजना, युएनडीपीको सहयोगमा डब्लुडब्लुजेको आयोजना भएको दुई दिने सो कार्यक्रममा सातै प्रदेशका ६० जना भन्दा बढी पत्रकार महिलाहरुले कार्यक्रम निक्कै प्रभावकारी भएको बताएका थिए । कार्यक्रममा सांसद अष्टलक्ष्मी शाक्यले ०६२ र ६३ पछि बल्ल महिला सांसदहरुले आफ्ना भनाइ राख्न सहज भएको र संसदीय अभ्यासमा चासो र पहुँच दुबै बढेको बताउनुभयो । उहाँले महिला पत्रकारको संख्यात्मक उपस्थितिले मात्रै पुग्दैन, संसदमा उठेका मुद्दाबारेको बुझाइ पनि फराकिलो हुनुपर्ने विचार व्यक्त गर्दै हिजोका दिनमा मुद्दाको उजागर नै कम हुने गर्दथे अहिले संसदीय मर्यादा र यसको दायरा व्यापक भएको अनुभव राख्नु भएको थियो । सांसद शाक्यले प्रदेश सभा नयाँ अनुभव भएकाले बुझनुपर्ने कानूनी विषयमा दखल राख्न पत्रकार महिलालाई सुझाव दिनुभएको छ । यस्तै युएनडिपीका राष्ट्रिय परियोजना प्रबन्धक राज बहादुर श्रेष्ठले बिशेष गरी दलित, जनजाती लगाएतका महिला सांसदहरुले बोलेका कुराहरु निकै कम मात्रामा संचारमाध्यमहरुमा आउने र संसदीय पत्रकारितामा पत्रकार महिलाहरुको संख्या निकै कम भएकाले पनि यसको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजनले थप सहयोग हुने बताउनुभयो । नेपालमा संसदीय पत्रकारितामा पत्रकार महिलाको उपस्थितिको कमीको कारणले यस्तो तालिम आयोजना गरेको डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले जानकारी दिनुभयो । यसको समाधान भनेको क्षमता अभिवृद्धि नै भएकोले पनि डब्लुडब्लुजे ले यो तालिमको आयोजना गर्न पाउँदा खुशी लागेको बताउनुभएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!