Loading... आजः मंगलबार , आश्विन १, २०८१

संसद खानको भनाईमा सत्यता छैन– नगर प्रमुख दिपेश नगरपालिकाको बिज्ञप्ती


बर्दिया राजापुर
बर्दिया जिल्लाबाट जनमत पार्टीबाट संघिय संसदमा प्रतिनिधित्व गरेका समानुपातिक सँसद अब्दुल खानले राजापुर नगरपालिकाले सञ्चालन गरेको गौशालाको बिषयमा उठान गरेको बिषय बस्तु लाई लिएर नगरपालिकाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।


राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले आज एक बिज्ञप्ती जारी गर्दे आपत्ति जनाउँनु भएको हो ।

Insert your Ads code here

बिज्ञप्तीमा २०८० भाद्र १२ गते ११ बजे सदनको बिशेष समयमा बोल्दै बर्दियाको राजापुर मा रहेको गौशाला नभई बधशाला भनी बोलेको अभिव्यक्ति प्रति राजापुरनगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको ससदीय मर्यादामा रही सदनमा बोल्नु भन्दा अधि सत्य तथ्य यकिन गरी बस्तुगत आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय भेटेरीनरी पशुसेवा केन्द्र नगरपालिका तथ्याङ्क माग गरी सोही यथार्थ धरातलमा रही अभिव्यक्ती दिनु पर्ने उल्लेख गरीएको छ ।

संसद जस्तो गरिमा बोकेको स्थानमा उभिएर बिना सत्यतथ्य कसैसँग आधिकारीक बिवरण नलिई बोलीएको जनाईएको छ । बिगत केही बर्ष देखि उक्त गौशालामा गाई हेरालुको रुपमा तिन जना कर्मचारी कार्यरत रहेको र उक्त गौशालामा ३ सय ६० वटा गाईहरु ब्यवस्थित तरिकाले राखिएको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त बिज्ञप्तीमा भनिएको छ गौशालाको बारेमा संसद जस्तो गरिमामाय स्थानमा बोल्न भन्दा यथार्थ धरातलमा रही सुझाव दिन समेत नगरपालिकाले अनुरोध गरेको छ ।

 

हेर्नुहोस बिज्ञप्तीको पुर्ण पाठ

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!