Loading... आजः मंगलबार , मंसिर १८, २०८१

संस्कृत शिक्षकहरूको वेतन 20 मईसम्मा दिइने


एडहक शिक्षकहरूले मार्च 2021-सम्म पर्खिनुपर्ने भयो

गान्तोक, 19 मई। सिक्किम सरकारका अतिरिक्त सचिव तथा शिक्षा विभागका सचिव जीपी उपाध्यायले सिक्किममा भइरहेको अनलाइन क्लास, एडहक शिक्षकको नविकरण अनि संस्कृत शिक्षकको वेतनमाथि सम्बोधन गरेका छन्। उनले समय दैनिकसँग कुरा गर्दै भनेका छन्, हामीले जुन अनलाइन टिचिङ गर्दैछौं त्यसले राज्यका पूरा नानीहरूलाई कवर गर्न सकेको छैन। कतिपयः ठाउँमा राम्रो नेटवर्क अनि नानीहरूकोमा स्मार्ट फोन छैन, अथवा कम्प्यूटर छैन। एउटा राम्रो प्रतिशत भएका नानीहरूमा अनलाइन क्लास पुगेको छैन।
अहिले शिक्षा विभागले ती नानीहरूको उचित शिक्षाको निम्ति पहल गर्दै सरकारको आदेश लिएर 170 वटा ल्यापटप राज्यका विभिन्न कुनाहरूमा पुऱ्याउने काम गरेको सचिव उपाध्यायले बताएका छन्। उनले भने, हामीले रेडियो अनि टीभी मार्फत जुन भीडीयो र अडियो पब्लिस गरेका थियौं त्यसैलाई ल्यापटपमा लोड गरेर बस्ती बस्तीमा पुऱ्याएका छौं। यस ल्यापटपबाट गाउँमा भएको पञ्चायत घर, कम्यूनिटी सेण्टर तथा आफ्नै घरमा लगेर पाँच छह जना नानीको संख्यालाई एकत्रित गरी क्लास लगाउने गरेका छौं। उनले यस अवधिमा पनि सामाजिक दूरीलाई पालन गर्दै आएको बताएका छन्। विभागले प्रत्येक नानीमा शिक्षा पुऱ्याउने उद्देश्यले काम गरिरहेको जानकारी दिएका छन्।
अर्कोतिर उनले राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँगको भीडीयो कन्फ्रेन्समा केन्द्रीय आईटी मन्त्री रवि शङ्कर प्रसादसँग पश्चिम बङ्गालबाट बीएसएनएललाई अलग गरी सिक्किममा आफ्नै कार्यालय स्थापित गरिदिने माग गरेका थिए जो अप्रुव भएको छ भन्दै सिक्किमको कनेक्टिविटी भविश्यमा धेरै राम्रो हुने र यो अनलाइन क्लास लामो समयसम्म चल्न सक्ने पनि जानकारी दिए।
राज्य सरकारले गत वर्ष 124 जना संस्कृत भाषाका शिक्षकहरूको नियुक्ति गरेको विषयमा बोल्दै सचिवले भने, एमएचडी-को डीएमडी विश्वविद्यालय अन्तर्गत राष्ट्रिय संस्कृत संस्थानको अन्तर्गत वेतन आउने गरेको थियो। त्यस विषयमा उनीहरूले पत्र पनि पठाएको बताएका छन्। संस्कृत संस्थानको अनुसार प्रत्येक उच्चतर माध्यमिक अनि निम्न माध्यमिक स्कूलहरूमा एक एक जना संस्कृत शिक्षकहरू नियुक्त गर्ने निर्देश दिएको थियो। त्यहाँबाट पैसा आउन ढिलो भएको कारण अहिलेसम्म संस्कृत शिक्षकहरूको वेतन भएकोछैन। यस हप्ता तथा गामी 20 मईसम्ममा उनीहरूको सम्पूर्ण वेतन पाउने बताएका छन्। यो कुरा विभागको नियन्त्रणमा नभएको कारण ढिलाइ भएको र आफू यसमा दुःखित भएको पनि बताए।
यस अतिरिक्त उनले एडहक शिक्षकहरूको बारेमा भने, एडहक शिक्षकहरूको नोकरी नवीकरण प्रायःजसो मार्च अप्रेलमा हुने हो। यसपालि हामीले शिक्षकको दक्षतालाई हेर्न अन्तरवार्ता बोलाएका थियौं। यो गर्दा गर्दै यस्तो स्थिति आइपऱ्यो स्कूलहरू बन्द भयो। यस विषयमा केही शिक्षकहरूले आफूलाई भेट्दै आएको अनि उनीहरूले अनलाइन क्लासहरू गराउँदै आएको पनि जानकारी दिए। सचिव उपाध्यायले उनीहरूको अपोइन्मेण्टको निम्ति सरकारमा फायल मुव गरेका छौं सरकारको अप्रुवल आउने वित्तिकै उनीहरूलाई अपोऩ्मेण्ट गरिने बताए। उनले स्कूल खोलिने अहिलेसम्म पनि कुनै ठोस निर्णय नभएको जानकारी दिएका छन्। जतिबेला पनि स्कूल खोलिन्छ यसपालि जाडोको छुट्टी नगरिने र विद्यार्थीहरूको परिक्षा पनि फरवारीमा गरिने बताएका छन्। उनले एडहक शिक्षकको मार्च 2021सम्ममा अपोन्मेण्टमेण्ट दिने पनि जानकारी दिएका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!