विज्ञान तथा प्रविधिको सुधारमा नयाँ प्रविधिबाट सगरमाथाको उचाइको विस्तृत तथ्याङ्क पाउने अपेक्षा गरिएको छ। मे १६ तारिख चीनले समुन्द्र सतहदेखि ५२०० मिटर अग्लो आधारशिविरबाट सगरमाथाको चुचुरो नाप्ने काम फेरि एक पटक सुरु गरेको छ। यसरी नाप्ने कामले चीन र नेपाल लगायत विश्वलाई ध्यानाकर्षण गरेको छ।
यसबारे चर्चा गर्दै नेपालको भूमि व्यस्था, सहकारी तथा गरिबि निवारण मन्त्री पद्माकुमार अर्यालले भन्नुभएको छः यसको धेरै महत्व छ किनकि हामी दुई छिमेकी मुलुकहरू जसको काखमा सगरमाथा छ। विश्वका सबभन्दा अग्लो चुचुरो नेपाल र चीनको गौरव हो र यसको उचाइ कति हो भन्ने कुरा विश्वमा उठेको छ। भूकम्पसँग यो घटेको अथवा बढेको भन्ने आशंका छ। यस्तो आशंकालाई मेटाउने, यस्तो उचाइ नाप्ने काम ऐतिहासिक रूपमा महत्वपूर्ण छ।
Insert your Ads code here
अहिले चीनको तर्फबाट जुन टोलीले सगरमाथा मापन गर्दैछ त्यो समूहलाई शुभकामना छ। अत्यन्त सतर्कता साथ सावधानीपूर्वक आफ्नो काम सम्पन्न गर्न सकोस् र इतिहासमा तपाईंहरू नाम राख्नोस् भन्ने हार्दिक शुभकामना छ।