Loading... आजः शनिबार , श्रावण १२, २०८१

सचिवालय बैठकमा प्रमकाे राजीनामा मागिएपछि तनाव


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीको राजिनामा मागिएको स्रोतले बताएको छ।

सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २० गते अर्को बैठक बोलाइएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा बालुवाटारमा बसेको सचिवालय बैठक आज बुधवार बसेर साढे ३ घण्टासम्म चलेको थियो।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको थियो भने सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राखेका थिए।

Insert your Ads code here

बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयको बैठक बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाल लगायतको अडान कायमै रहेको कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो। स्रोतका अनुसार सचिवालयको बैठक चलिरहँदा ओलि पक्षीय सांसदहरुको चहलपहल निवास परिसरमै व्यापक रहेकोले स्थिति थोरै तनाबपूर्ण बनेको थियो।

सो स्रोतका अनुसार बैठकमा प्रचण्ड र माधव नेपाल सहित सचिवालयका सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने मागसहित तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए। तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए।

दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको बताइएको छ। यद्यपी नेता ईश्वर पोखरेलले सरकारका कामको प्रतिरक्षा तथा पार्टी एकताका बाँकी काममा गृहकार्य गर्ने गरी २० गतेलाई सचिवालय बैठक सारिएको संसारन्यूजले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!