Loading... आजः शनिबार , श्रावण १२, २०८१

सत्तारूढ एसकेएमको आठौं स्थापना दिवस बारे पश्चिम जिल्लामा बैठक


गान्तोक,23 जनवरी। सिक्किममा २०१९ को चुनाव पछि सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सरकार गठन गरे पश्चात जिल्ला स्तरीय तेस्रो समन्वय सभा आज गेजिङ सामुदायिक भवनमा सम्पन्न भएको छ।

क्रान्तिकारी मोर्चा पार्टीले आगामी ४ फरवरीको दिन पार्टीको ८औं स्थापना दिवसको तयारीलाई लिएर डाकेको यस समन्वय सभामा सिक्किम सरकारका यातायात विभागका मन्त्री सञ्जित खरेलले अध्यक्ष गरे भने सभामा मन्त्री अरूण उप्रेति, मन्त्री एम.एन.शेर्पा, मन्त्री लोकनाथ नेपाल विधायक आदित्य गोले, विधायिका सुनिता गजमेर, मुख्य मन्त्रीका राजनैतिक सचीव साथै सथापना दिवसका समन्वयक जेकब खालिङ, मानेबुङ देन्ताम क्षेत्र प्रभारी पुर्णहाङ सुब्बा लगायत पार्टीका वरिष्ठ कार्यकर्ताहरूको सहभागीता रहेको थियो।

जनक गुरुङले स्वागत सम्बोधन गरि शुरु गरेको सभामा स्थापना दिवस समारोह समितिका समन्वयक जेकब खालिङले आफ्नो सम्बोधन राख्दै भने, ” सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको जन्म भएपश्चात यो पार्टी जनताको सहयोगले सरकारमा पुग्न सफल भएको हो। जसमा पार्टीको तर्फबाट सम्पुर्ण सिक्किममे जनसमुदायलाई धन्यवाद र बधाई दिदै यस बर्षको आठौं स्थापना दिवसलाई भव्यताको साथ रम्फुमा मनाउने पार्टीले निधो गरेको छ। उक्त कार्यक्रमको प्रत्येक निर्वाचन क्षेत्रबाट एक -एक सय गाडीहरू उपलब्ध गराइएको र यसमा प्रत्येक क्षेत्रका जनताले सहभागीता जनाउनु पर्नेछ।”

सिक्किम र सिक्किमे जनताको हित र सुरक्षाको निम्ति गठन भएको एसकेएम सरकारले यस कार्यक्रमलाई भव्यताका साथ मनाउने उनले बताए। सभामा मन्त्री लोकनाथ नेपाल लगायत अन्यले पनि स्थापना दिवस मनाउने बिषयलाई लिएर आ-आफ्नो सम्बोधन राखेका थिए भने खुल्ला बहस पछि सभा अध्यक्ष सञ्जित खरेलले आफ्नु सम्बोधन राख्दै भनेय भूतपूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीले अन्तिम सम्बोधन गरेको एतिहासिक खेल मैदानमा एसकेएम सरकारले एतिहासिक कार्यक्रम गर्न लागि रहेको छ यो हामी सिक्किमे जनताको अहोभाग्य हो। हामीले यस कार्यक्रमलाई भव्य रूपमा मनाउने निर्णय लिएका छौं। सिक्किमे जनताले खुसी ब्यक्त गर्नु पर्छ जसमा सिक्किम र सिक्किमे जनताको भलो सोच्ने मुख्यमन्त्री पाएका छौं। अब एसकेएम पार्टी सरकारमा पुग्यो अब हामी पार्टी पनि मजबुत बनाएर लाने काम गर्नुपर्छ।

सिक्किममा पूर्व सरकारले मनमानी तरिकाले चलाएको सिक्किम भताभुङ पारेको सिक्किमलाई सपार्न सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सरकारमा आएको हो अब हामी सिक्किमे जनताको भलोको लागि काम गर्नेछौं, उनले भने। यस बर्षको स्थापना दिवसमा एक लाख भन्दा बढी जनतालाई कार्यक्रममा सहभागीता गराउने उनले बताए। उनले भने, पश्चिम जिल्लाको सहयोगले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सरकार बनाउन सफल भएको छ।हामी पैसा कमाउन आएको होइन तर सिक्किमे जनतालाई ऋणमुक्ति गराउन आएका हौं अनि सिक्किमे जनताले पनि यसमा भरपुर सहयोग पुर्याउने विश्वास छ।

उल्लेखनीय छ यसभन्दा अघि एसकेएम पार्टीले आफ्नो 8औं स्थापना दिवस पालन गर्ने पहिलो बैठख गत 21 जनवरीको दिन पुर्व सिक्किमको लाल बजार स्थित पार्टी कार्यालयमा बसेर स्थापना दिवस सम्बन्धी कार्यान्वनवन समितिको गठन गरेको छ। यसैगरि दोस्रो बैठक गत 22 जनवरीको दिन दक्षिणसिक्किमको नाम्चीमा गरेर स्थापना दिवसबारे छलफल गरिसको छ। यसैगरि आज 23 तारीकको दिन अंतिम फैसला गर्दै यसपालीको स्थापना दिवस भव्य रुपमा मनाउने निधो गरेको छ भनि प्रचार सचिव बीपी भण्डारीले बताएका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!