Loading... आजः आइतबार , जेठ ५, २०८२

सत्ति कर्णाली पुल मर्मत हुँदै दुई हप्ता आवागमन बन्द


 

 २०७८ आश्विन ५ मंगलवार प्रकाशित

बर्दिया राजापुर

Insert your Ads code here

बर्दिया र कैलाली जिल्ला जोड्ने कर्णाली नदीमा बनेको सत्ति घाटपुलको पुर्वतर्फको छेउको पुलको स्पान मर्मत गरिंदा केहि दिन आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले आज एक सुचना जारी सो जानकारी दिएको हो ।

असोज ५ गते मंगलबार बाट मर्मत कार्य सुरु गरि असोज २० गते सम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवधिमा आवागमन कार्य बन्द गरिदिनुका लागी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा द्धारा जारी पत्रमा उल्लेख गरिएको छ ।

पुल मर्मतको कार्य आधा भन्दा बढी भैसकेको हुनाले लामो समय आवागमन बन्द नहुन सक्ने पुलको सुरक्षामा खटीएका एक सुरक्षाकर्मीले बताए ।
यस वर्ष पानीको बहाव धेरै हुँदा पुर्वतर्फको दुई वटा स्पान जोड्ने भाग करिब ६ इन्च जति छुट्टिएको थियो । पुलको स्पान फाटेको हुँदा यस वर्ष दुई पटक सर्वसाधारण तथा गाडीहरु आवागमनमा बन्द गरिएको थियो ।
कर्णाली नदीमा पुल निर्माण भए देखिनै पुलको पुर्व तर्फको क्षेत्रमा पानीको बहाव बढी हुने भएकोले पुलको पुर्व तर्फको तटबन्ध वर्षेनी भत्कने गरेको थियो ।

पुलको तटबन्ध बगाउन सक्ने भन्दै विगतका वर्ष देखि नै पुलको पुर्वतर्फ २ वटा पिलर थप्नका लागी पहल गर्दा पनि सुनुवाई नभएको स्थानियको भनाई छ ।

यस वर्ष जेनतेन पुल बचे पछि आउँदो हिउँदमा कर्णाली नदीको बिचको भागमा रहेको बालुवा र ग्राभेल रहेको भाग हटाएमा पानीको बहाव फैलिन गई पुलमा क्षति कम हुने स्थानिय सर्पराज साउँदले बताए ।

यस वर्ष पारी पट्टीको भागमा ठुलो ढुंगा हाल्ने काम भएकोले पुलको संरक्षण भएको थियो ।

हुलाकी मार्गमा बनेको सो पुल मर्मत हुँदै गर्दा भने केहि दिन आवागमन बन्द भए पछि कैलाली र बर्दिया जिल्लाका बासिन्दालाई हिंडडुलमा केहि दिन असहज हुने छ ।

वि.सं. २०७१ सालमा निर्माण भएको १३ वटा स्पान रहेको उक्त पुलको लम्बाई ५ सय ३१ मिटर रहेको छ । रसुवा कन्स्ट्रक्सन प्रा.ली.ले पुल निर्माण गरेको थियो ।

 

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!