गत सनिबार देखी जोखीममा परेको बर्दिया कैलाली जोड्ने सत्तीघाट पुलको आईतबार बर्दिया जिल्लाका प्रमुख अधिकारी सन्त बहादुर सुनारले निरिक्षण गर्नु भएको छ । पुलको निरिक्षण पछि प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बर्दिया कैलाली जोड्ने हुलाकी मार्गमा पर्ने सत्ती घाट पक्की पुल जोखीममा परेको छ ।
Insert your Ads code here
सनिबार देखी जोखीममा परेको बर्दिया कैलाली जोड्ने सत्तीघाट पुलको आईतबार बर्दिया जिल्लाका प्रमुख अधिकारी सन्त बहादुर सुनारले निरिक्षण गर्नु भएको छ । पुलको निरिक्षण पछि पत्रकारहरु संग कुरा गदै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बर्दिया कैलाली जोड्ने हुलाकी मार्गमा पर्ने सत्ती घाट पक्की पुल जोखीममा परेको बताउदै उत्तर तर्फ करीब १ बित्ता फाटिएको छ यो पुल हेर्दा बाङगो देखीएको छ यसले गर्दा हामी त्रासको अवस्था सृजना भएको , ततकालका को लागि आवतजावत गर्न व्यवस्र्थीत गर्न जरुरीरहेको, जानकारी पाउने बितिकै ईन्जिनियरको टोली पठाएको, ठुला सवारी साधन एकपटकमा एउटामात्र चल्न दिने बताउनु भयो ।
बर्दिया तर्फको दोस्रो स्पानको मार्थिलो भाग केही लगभग ४ इन्ची जती छुट्टीएको कारण पुल जोखीममा परेको हो ।
गत असार महिनामा बर्दिया तर्फ को भाग को एप्रोच स्ल्याब भत्किदा लगभग ६ दिन सम्म बाटो अवरुद्ध भएको थियो । २०७१ सालमा निर्माण गरिएको १३ वटा स्पान रहेको पुलको लम्बाई ५३१ मिटर रहेको छ ।
पुल जोखीममा परेको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डि.एस.पी भरत लामा , सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट राजापुरका प्रमुख खेम बोगटी , राजापुर नगरपालिका वडा३ का अध्यक्ष बिष्णु प्रसाद खनाल बर्दिया उद्योग वाणिज्य संघका सचिब केदार थापा, लगायतकाले पुलको निरिक्षण गर्नु भएको थियो ।