Loading... आजः शनिबार , श्रावण १२, २०८१

सदाम दक्षिण सिक्किममा मदिरापान र नशालु पदार्थ सेवन विरुद्ध सचेतना कार्यक्रम


गान्तोक,१४ मार्च: दक्षिण सिक्किम स्थित सदाम गाउँमा संयुक्त प्रगतिशील संघले शनिबार मदिरापान र नशालु पदार्थ सेवन विरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सदामका नागरिक समाज, विभिन्न विद्यालयबाट विद्यार्थीवर्ग, शिक्षकगण, पञ्चायत सदस्यहरू र निमन्त्रित अतिथिहरू उपस्थित थिए।

वरिष्ठ साहित्यकार विजयकुमार सुब्बा मुख्य अतिथिका रूपमा उपस्थित थिए भने साहित्यकार कुमार नेपालीले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममाको सुरुवात तारेभिर छेउ सडकबाट तल्लो शुक्रबारे गाउँसम्म एउटा र्‍याली प्रदर्शनीबाट भएको थियो भने प्रदर्शनीमा विद्यार्थीहरू र स्थानीयहरूले नशालु पदार्थ विरुद्ध विभिन्न स्लोगनहरू लगएका थिए।

यसरी नै कार्यक्रममा मुख्य अतिथि एवम् वरिष्ठ साहित्यकार विजयकुमार सुब्बाले अब प्रतिगामी संस्कृतिलाई मासेर समाजमा वैकल्पिक संस्कृतिको विकास गर्नुपर्ने कुरा बताए। समाजमा प्रगतिशील गीत सङ्गीत, प्रगतिशील साहित्य आदिले मात्रै नशालु पदार्थ जस्तो प्रतिगामी कुरालाई हटाउनु सक्ने कुरा बताए। यसरी नै कार्यक्रममा प्रगतिशील संघका सदस्यहरूले पनि आफ्नो विचारहरू राखेका थिए। यसरी नै विभिन्न संस्कृतिक कार्यक्रमहरू पनि आयोजना भएको थियो भने विद्यार्थीहरूले कविता वाचन पनि गरेका थिए।

कार्यक्रमलाई आयोजना समितिको तर्फबाट सञ्जय रोकाले सञ्चालन गरेका थिए भने सदस्य बन्सीदास गुरुङको धन्यवाद ज्ञापनपछि कार्यक्रम समाप्त भएको थियो। कार्यक्रम सदमा सुन्तले जिल्ला पञ्चायत एकाइ र संयुक्त प्रगतिशील संघको संयुक्त तत्वदानमा समापन भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले नाटक मञ्चन पनि गरेका थिए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!