Loading... आजः शनिबार , श्रावण १२, २०८१

सन्ताेषी शाही बनिन ‘मिसेस ब्युटी क्विन’


राप्रपाकी युवा नेता तथा कर्णालीकी सुन्दरी सन्तोषी शाही ‘लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ विजेता बनेकी छन। काठमाडौंमा सिजन मिडियाले सञ्चालन गरेको ‘लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ मा सन्तोषी विजेता बनेकी हुन। शाहीे देशभरबाट भाग लिएका प्रतिस्पर्धीलाई पछि पार्दै सजिलै ‘लेटमिइन मिसेस ब्युटी क्विन’बन्न सफल भएकी हुन।

सुर्खेत विरेन्द्रनगरमा स्थायी बसोवास भएको शाहीले ‘लेटमिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन। यसैगरी, मिसेज मल्टी मिडिया अवार्ड पनि हात पार्न सफल भइन।

यस्तै फस्ट रनरअप सविता शर्मा भइन्। उनले मिसेज पपुलरको अवार्ड पनि हात पार्न सफल भएकीछन्। सेकेण्ड रनर अपमा सीता अर्चना पौडेल चयन भएकी छन। उनीले पनि वेष्ट वाकको अवार्ड हात पार्न सफल भइन। साथै दुवैले बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेका छन। थर्ड रनर अपमा रञ्जना निरौला, र फोर्थ रनर अपमा देवकला पुन छनोट भएका छन्।

Insert your Ads code here

सिजन मिडियाले विगत तीन वर्षदेखि निरन्तर रुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेस ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ। प्रतियोगितात्मक कार्यक्रमले महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताएका छन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!