Loading... आजः शनिबार , श्रावण १२, २०८१

सन्दर्भ: जनताको म्याण्डेड केपी अाेलीलाई कि पार्टीलाई?


प्रधानमन्त्री केपी अाेली र उहाँका समर्थक तथा चाकरहरुले कमरेड केपी अाेलीलाई पाँच बर्ष शासन गर्नका लागि जनताको म्याण्डेड प्राप्त भएकोले कसैले पनि हटाउन नसक्ने बताइरहेका छन्। के उनीहरूले दाबी गरेजस्तै हो त? यसबारेमा प्रधानमन्त्रीले देश र जनताका सामु सफेद झुठ बाेलेकाे मेरो बुझाइ छ।

चुनावका समय जनता समक्ष कमरेड केपी अाेली पार्टीको अध्यक्षका हैसियतले भाेट अर्थात समर्थन माग्न जानुभएको थियो। उहाँले त्यतिबेला पार्टीको घाेषणापत्र साथैमा लिएर जानुभएको थियो। जनताले त्यही घाेषणापत्र मन पराएर उहाँको पार्टीलाई अाफ्नाे मत दिएका हुन। जनताको मत पाएर उहाँ मात्रै होइन अरु धेरै जनाले मतका अाधारमा विजयी भएका हुन र नै यो पार्टी सबैभन्दा ठूलो हुन सकेको हो।

कमरेड केपी अाेली ब्यक्तिगत रुपमा चुनावी अभियानमा खटिनु भएको होइन, थिएन। कमरेड अाेली साेझै जनताको मतबाट प्रधानमन्त्री हुनुभएको होइन। पार्टीले उहाँलाई संसदीय दलकाे नेता बनाए र उहाँ त्यही माध्यमबाट प्रधानमन्त्री हुनुभएको हो। यसर्थ उहाँले जनता र पार्टीको अपहेलना गर्न मिल्दैन। जनताले देशविरुद्ध काम गर्नका लागि, देशलाई प्रालि जस्तो ठानेर अाफु र अाफ्नाे गुटकाे लुटकाे स्वर्ग बनाउनका लागि उहाँले नेतृत्व गरेको पार्टीलाई मत दिएका होइनन्। र पार्टीले पनि पार्टीको नीति, घाेषणापत्र र उद्देश्यलाई रद्दीकाे टाेकरीमा फालेर सनकका अाधारमा जङ्गेराज गर्न पठाएको होइन हाेला। यो कुरालाई अात्मसात गरेर कमरेड अाेली देश, पार्टी र जनताकाे भावनालाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ। त्यसैले उहाँको बारम्बारकाे दाबी सफेद झुठ बाहेक अरु मान्न सकिन्न।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!