Loading... आजः शनिबार , श्रावण १२, २०८१

सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल खेल्ने


सोमबार, जेठ २८, २०८१

क्रिकेटर सन्दीप लामिछानेले आइसिसी टी–२० विश्वकपका दुई खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका सचिव पारस खड्काले विज्ञप्ती निकाल्दै सन्दीपले विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल खेल्ने पक्का भएको जनाएका हुन् ।

नेपालले आगामी शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशको सामना गर्नेछ । त्यसअघि बुधबार बिहान श्रीलंकासँग हुने खेलका लागि सन्दीप टोलीमा हुने छैनन् । अमेरिकाले भिषा नदिएपछि उनी दुई खेलमा उपस्थित हुन पाएनन् ।

Insert your Ads code here

क्यानका अनुसार सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने छन् । उच्च अदालत पाटनले गत मे १५ मा बलात्कार मुद्धामा सफाइ दिएसँगै सन्दीपलाई टोलीमा समावेश गरेको थियो । सन्दीपलाई समावेश गर्दै युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गरेको सचिव खड्काले जनाएका छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!