Loading... आजः शनिबार , श्रावण १२, २०८१

सप्ताहव्यापी लकडाउनमा राजधानी गान्तोकको पहिलो दिन


गान्तोक, 21। सिक्किमको राजधानी गान्तोकमा बढ्दो कोरोनाको प्रकोपलाई ध्यानमा राखेर पूर्व जिल्ला प्रशासनले गान्तोक नगर निगम क्षेत्रमा आजदेखि 27 सितम्बरसम्म पूर्ण लकडाउन पालन गर्ने घोषणा सितै सम्पूर्ण गान्तोक नगर निगम क्षेत्र लकडाउन गरिएको छ। राजधानी गान्तोक वरपर पूर्ण रूपमा आज बिहान 6 बजीदेखि नै लकडाउन पालन गरिएको छ भने राति कर्फ्यू लगाइऩे भएको छ। आम मानिसहरूको सुविधाको निम्ति औषधी पसल खाद्यान्न पसलहरूलाई भने छुट दिइएको छ। यसका साथै संयुक्त सचिव स्तरसम्मका सरकारी अधिकारीहरूको वाहनहरू चलाचलमा छुट दिइएको छ भने अनिवार्य रूपमा परिचय पत्र भने देखाउन पर्ने छ।
अर्कोतिर राज्यमा लामो समयदेखि बन्द अवस्थामा रहेको प्रवेश नाकाहरू खोल्ने तथा अन्तर राज्य यातायात सुचारू गर्ने दिशामा पहल भइरहेको छ भने आगामी 1 अक्टोबरदेखि सबै राज्यबाट बिना रोकटोक सिक्किम प्रेवश गर्न पाउने भएको छ। यसका साथै अहिलेसम्म जोर विजोर नम्बरमा कुद्ने ट्याक्सी वाहनहरूको समस्या पनि 1 अक्टोबरदेखि समाप्त गर्ने निर्णय गरेको छ। यसैगरि 10 अक्टोबरदेखि पर्यटकहरूको निम्ति सिक्किम खोलिने छ। यसको निम्ति विदेशी पहुनाहरूले भने चल्ती भिसा लिएर आउनु अनि इनर लाइन परमिट लिन अनिवार्य रहेको पनि बताइएको छ।
पूर्ण रूपमा राज्य खुल्ला गरिन अघि एक हप्तासम्म भने राजधानी गान्तोकको नगर निगम क्षेत्रलाई भने लकडाउनमा राखिएको छ। अर्कोतिर आज सिक्किममा 56 वटना नयाँ कोरोना पोजेटिभ मामिला आएको छ। ती मध्ये 36 वटा पूर्व जिल्लाबाट रहेको छभने 18 वटा दक्षिण जिल्लाबाट छ साथै 2 वटा पश्चिम जिल्लाबाट रहेको छ। गेजिङ अस्पताललाई पनि 72 घण्टाको निम्ति कन्टेनमेन जोन घोषित गरिएको छ जहाँ दुइवटा कोरोना मामिला आएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!