१९ पुस २०७८,
बर्दिया राजापुर
युनिक नेपालले दोस्रो पटक युवाहरुको लागि उत्प्रेरणा कार्यक्रम अमर शहिद बहुमुखी क्याम्पसमा रहेका विद्यार्थीहरुका लागि सम्पन्न गरिएको हो ।
कार्यक्रममा जीवनका वक्र रेखाहरु पुस्तकको लेखिका बालिका चौधरीले आफुले भोगेका जिन्दगीका कठिनाईहरु, गरेका संघर्षहरुका साथै त्यस बाट प्राप्त सफलताका बारेमा सहभागीहरु माझ प्रस्तूत गर्नु भएको थियो । उहाँले आफुले पढाईका लागि निरन्तर पारिवारीक संघर्ष गर्नु परेको तर पनि कहिल्यै हरेश नखाएको बताउनु भयो । साथै, एक पटक आत्महत्या गर्ने सम्मको निर्णयमा पुगेको भएता पनि यो गरेमा सबै कुरा कहाँ देख्न र भोग्न पाइन्छ र भनेर रोकेको बताउनु भयो । लेखिका बालिका चौधरीले, यदि यो घटना भएको भए आफुले समाजका लागि यति महत्वपूर्ण समय लगानी गर्न नपाउने, यति सुन्दर संसारमा जिउन नपाउने र यो पुस्तक पनि लेखिने थिएन भनेर सहभागी युवाहरुलाई जीवन प्रतिको महत्व बढाउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अमर शहिद बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिलदत्त चौधरीले युवाहरुका लागि यसखाले कार्यक्रम अत्यत्न उपयोगी रहने भएकाले क्याम्पसमा नियमित कार्यक्रम गर्नका लागि सुझाब दिनु भयो ।
कार्यक्रमको सभाध्यक्षता ग्रहण गर्नु भएका युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले युनिक नेपालले युवाहरुको सकरात्मक सोंच बनाउन, युवा शक्तिलाई सहि मार्ग निर्देशन गर्न र युवा सशक्तिकरणका लागि आफ्नो नीति तथा कार्यक्रममा जोड दिएको बताउनु भयो । कार्यक्रमको सञ्चालन स्ववियु सभापति दिलिप रत्गैंयाले गर्नु भएको थियो ।