सबै प्रतिस्पर्धीलाई उछिन्दै हिमेश स्टेण्डअप कमेडी च्याम्पियन
हिमेश पन्त कमेडी च्याम्पियन बनेका छन्। कान्तिपुर टेलिभिजनले आयोजनामा कार्यकारी निर्माता चर्चित नायिका केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे, रेशु तामाङ र प्रकाश बशेल, निर्देशक विशाल भण्डारी, कार्यकारी निर्माता तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा तथा प्रमुख सम्पादन गम्भीर राजकणिर्कार रहेको कमेडी च्याम्पियनमा सबै प्रतिस्पर्धीलाई उछिन्दै हिमेश कमेडी च्याम्पियन बनेका हुन्।
स्टाण्डअप कमेडीको ग्राण्ड फिनालेमा हिमेशको साथमा सुमन कोइराला र खड्गबहादुर पुन पनि पुगेका थिए।
कमेडी च्याम्पियनको ग्राण्ड फिनालेमा मदनकृष्ण–हरिवंशलाई प्रमुख अतिथि बनाइएको थियो। विजेता हिमेशले २५ लाख रुपैयाँ नगद सहित एउटा मोटर पनि पाएका छन्। ग्राण्ड फिनालेमा पुग्ने तीनैजनाले विश्व भ्रमणको अवसर पनि पाउने छन्।
कार्यक्रममा मनदकृष्ण श्रेष्ठले भने- कसैकाे राेगविमारमा व्यंग्य नगर्नू, अपांगतामा व्यंग्य नगर्नू, जातीय समुदाय र कुनै देशलाई चाेट पुग्ने कुरामा व्यंग्य नगर्नु।
कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए। कमेडी च्याम्पियन रियालिटी शाेमा सहभागी सबैजसाे युवा सहभागीहरुले दर्शकहरुकाे मन जितेका छन्।
यसैबीच
‘कमेडी च्याम्पियन’को उपाधिमा खड्ग बहादुर पुन मगर “खबपु”का समर्थकले बिरोध गरेपछि निर्णायक सन्तोष पन्तले हिमेस पन्तको भोट दश लाख भन्दा धेरै अन्तरले जितेको दाबि गरेका छन्। भोटमा चलखेल नभएको बताउदै इसेवाको भोट हेर्न समेत आग्रह गरेका छन्।
खबपुका समर्थकले चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग गरिरहेको बेला निर्णायक पन्तले इसेवाको भोट हेर्न आग्रह गरे, उनले भने ‘हेर्न चाहानु हुन्छ भने इसेवाको भोट छ हेर्नुहोस।’
पन्तका अनुसार खबपु र हिमेसको भोटमा १० लाखको अन्तर रहेको बताए। उनले भने ‘हामीले हेर्दाखेरि १० लाख भोटको डिफरेन्सको भोट छ।’ उनका अनुसार विदेशबाट आएको भोटमा १ लाख र इसेवाबाट आएको भोटमा ९ लाखको अन्तर रहेको छ। भोट अधिकार जनतालाई दिएको हुनाले जजहरुको कुनै दोष नरहेको स्पष्ट गरेका छन्।
खबपुलाई हराउन धाँधली भएको भन्दै समर्कथकहरुले कमेडी च्याम्पियन बिरुद्द समेत नाराबाजी गरेका थिए। उनीहरुले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आरोप लगाए।
भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बिरुद्द कार्यक्रम स्थल बाहिर नाराजुलुस लगाएका थिए। इसेवालाई खारेज गर्न नारा जुलुस लगाएका थिए। इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए।