सबै सरकारहरू राष्ट्रघाती , राष्ट्रिय अखण्डता विरोधी र इन्डियाको कठपुतली: फणीन्द्र नेपाल
कालापानी क्षेत्रको नेपालको भूमि अतिक्रमण गरी सडक बनाएको इन्डियाली ज्यादतीविरुद्ध कूटनीतिक दबाब स्वरूप इन्डियाकालागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई तत्काल काठमाडौँ फिर्ता बोलाउने सम्बन्धमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेस विज्ञप्ति
इन्डियाका रक्षामन्त्री राजनाथसिंहले मे ८ का दिन नेपाली भूमिमा इन्डियाले बनाएको सडकको उद्घाटन गरेको प्रतिक्रियामा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति र प्रत्युत्तरमा आएको इन्डियाली वक्तव्यका सम्बन्धमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ।यस सम्बन्धमा नेकपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्य समेत हेर्दा नेपालमा सन् २००५ पछि बनेका सबै सरकारहरू राष्ट्रघाती , राष्ट्रिय अखण्डता विरोधी र इन्डियाको कठपुतली भएको प्रमाणित भएको छ।
आफ्नै आँखा अगाडि आफ्नै भूभागमा इन्डियाले सडकको शिलान्यास गरेको नदेख्नु मात्र होइन , लगातार १२ वर्षसम्म नेपालको सरहदभित्र चीनसँग जोड्ने सडकको निर्माण भइरहँदा आफूले थाहा नपाएको भन्ने निर्लज्ज लवज सुन्नुपर्दा एकातर्फ साधारण नेपाली हतप्रभ भएका छौँ भने अर्कातिर नेपाली जनतालाई ढाँट्ने अकर्मण्य नेतृत्वको यस्तो निकृष्ट चरित्रले विश्वमै वीर कहलिएको नेपाली जाति वीर होइन कायर भैसकेको रहेछ भन्ने गलत सन्देश प्रवाहित भएको छ।तर अहिलेको यो सङ्गीन घडीमा एकअर्कालाई दोषारोपण गरेर जग हँसाउनु भन्दा सबै नेपाली एकढिक्का भई इन्डियाको राजनीतिक नेतृत्वको यो चरम हेपाइ विरुद्ध एकजूट भई लड्ने कुरालाई प्राथमिकता दिनुपर्ने देखिन्छ।
अब पनि खुट्टा कमाइयो भने कहिल्यै उठ्न सकिँदैन।तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा इन्डियाली ज्यादती विरुद्ध कूटनीतिक दबाब स्वरूप अतिक्रमित कालापानी (लिपुलेक क्षेत्रमा सडक बनाएर उसले खडा गरेको समस्या समाधान नभएसम्म इन्डियाकालागि नेपालका राजदूत नीलाम्बर आचार्यलाई काठमाडौँ फिर्ता बोलाउन सरकारसँग माग गर्दछ।परिस्थितिवश अहिलेको नेपाल (इन्डियाबीचको सम्बन्ध युद्धको स्थितिमा पुगेको हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा इन्डियालाई ईंटको जबाफ पत्थरले दिने साहस देखाउने समय आएको पनि सरकारलाई स्मरण गराउन चाहन्छ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
मिति २०७७/०१ /२९