Loading... आजः शनिबार , श्रावण १२, २०८१

सभामुख उम्मेदवार अग्नी सापकोटालाई तत्काल गिरफ्तारीको मागसहित रिट दायर


माघ १२ गते प्रतिनिधिसभाकाे सभामुख पदको निर्विरोध निर्वाचन हुँदैछ, सभामुखमा नेकपाका नेता तथा पूर्वमन्त्री अग्नी सापकोटा निर्विरोध निर्वाचित हुनेछन्। अदालतमा रहेको कर्तव्यज्यानअन्तर्गत मुद्दामा तत्काल गिरफ्तारीको मागसहित वरिष्ट अधिवक्ता दिनेश त्रिपाठीद्वारा आज रिट दायर गरिएको छ। पर्सि नै यससम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा पेशी राखिएको छ।

एमसीसी परियोजनाका कारण सर्वाधिक चर्चामा रहेको सभामुख पदमा यसअघि कृष्णबहादुर महरा थिए। उनलाई मुद्दा लगाईएपछि अहिले उनी पुर्पक्षका लागि थुनामा रहृका छन्। यसैबीच नयाँ सभामुख चयनका लागि प्रक्रिया शुरुआत भइसकेको अवस्थामा सभामुख पदका एक्ला उम्मेदवार अग्नी सापकोटा विरुद्ध परेको रिटमा के आदेश गर्लान् श्रीमानहरुले सबैले निकै चासोका साथ हेरिरहेका छन्।

सर्वोच्च अदालतले के अादेश देला भनेर उत्सुकतासाथ हेरिरहेकाहरुले १.कारण देखाउ अादेश, २.दुई पक्षलाई छलफलमा झिकाऊ अादेश, ३.निर्वाचन प्रक्रिया अघि बढिसकेको हुँदा रिट खारेज अादेश, ४.रिट जारी अादेश, ५.यससम्बन्धी सबै मुद्दा लगाउमा राख अादेश वा ६.विषयवस्तुको गम्भीरतालाई मध्यनजर गर्दै संबैधानिक इजलास या बृहद इजलासमा प्रस्तुत गर भन्ने अादेशमध्ये कुनचाहिँ अादेश हाेला र यसले सभामुख चयन प्रक्रियालाई कस्तो प्रभाव पार्ला निकै उत्सुकताका साथ नियालिरहेका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!