प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटघाट गर्नुभएको छ। राजदूत याञ्छीले सभामुख हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।
सभामुख सापकोटासँग शिष्टाचार भेटकालागि नेपालकालागि चिनियाँ राजदूत यान्छी सिंहदरवारस्थित आज सोमवार सभामुखको कार्यकक्षमा पुग्नु भएको हो। सपथपछि सभामुख सापकोटालाई भेट्ने पहिलो राजदूत यान्छी बन्नुभएको छ।
आइतबार सभामुखमा निर्वरोध निर्वाचित हुनुभएका सापकोटाले सोमबार बिहान शितल निवास गएर राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनुभएको थियो। सापकोटाले आजै सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्नु भएको छ।