Loading... आजः शनिबार , श्रावण १२, २०८१

समरदुङका श्रमिकसँगै सिक्किमको प्रशासन पनि पलायन भयो- जेबी दर्नाल


गान्तोक, 18 अगस्त। राज्य सरकारको आईटी विभागले बोलाएका अभियान्ताहरूको कोरोना रिपोर्ट सकारात्मक आएपछि सिक्किम आतङ्कित बनेको छ। केही समय अघि राज्यका मुख्यमन्त्रीले राज्यमा कोरोना फैलिनको जिम्मेवार सिक्किमे जनताहुन् भनेर दिएको वक्तव्य र राज्य सरकारको विभाग र अधिकारीहरूले गरिरहेको काममाथि राज्य सरकार देश र आफूले लागू गरेको कानुनी घेरामा आफैं पर्दै गइरहेको छ। कोरोना महामारीको समयमा वर्तमान सरकारले आईटी विभागमा राज्य बाहिरबाट अभियान्ताहरू भित्र्याएको अनि पछि गएर उनीहरू कोरोना संक्रमित निस्किनुमा सरकारको गैर जिम्मेवारीता पूर्णरूपमा उदाङ्गो भएको देखिँदैछ।

हाल वर्तमान सिक्किम सरकार प्रमुख राजनीतिक विपक्षी पार्टी एसडीएफको निशाना बन्दै गएको छ। आज मङ्गलबारको दिन एसडीएफ पार्टीको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता जेबी दर्नालले सरकारको कार्यशैलीलाई प्रश्नको घेरामा हालेका छन्। उनले पत्रकाहरूसँगको कुराकानीमा राज्य बाहिरबाट आएका अभियान्ताहरू सिक्किमका विधायक सोनाम भेञ्चुङ्पा, विधायक आदित्य गोले, अनि अतिरिक्त मुख्यसचिवसँग सभागर्न कसरी टाशीलिङ सचिवालय पुगे भनेर प्रश्न गरेका छन्। अभियान्ताहरू विरुद्ध एफआईआर गरिएपनि टाशीलिङ सचिवालयभित्र पस्दा उनीहरूको थर्मल स्क्रिनिङ किन गरिएन भनेका छन्।

यसरी नै प्रवक्ता दर्नालले सिक्किममा उनीहरूलाई छिर्न दिने भनेको पूर्व जिल्लाका जिल्लापाल हुन् भन्दै सिक्किममा जति पनि कोविड-19 फिँजिएको छ यसको जिम्मेवार प्रशासनसँगै यसको दोशी पूर्व जिल्लाका जिल्लापाल हुन् भनेका छन्। उनले बाहिरबाट आएका मानिसहरूलाई कसरी राज्यपालले राज्यका विभिन्न कार्यालयहरूमा घुम्ने अनुमति दिए भनेर सोधेका छन्। उनले यस घटनासँग सम्बन्धित सबैमाथि सरकारी नियम अनुसार कानुनी कार्वाहीको माग गरेका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!