Loading... आजः शनिबार , श्रावण १२, २०८१

समान्देन र गोर्खेमा गोरामुमोको राहत वितरण


रिम्बिक, 15 मई। दार्जीलिङको दूर्गम गाउँहरू मध्ये एउटा मानिने रिम्बिक लोधोमा क्षेत्रको समान्देन, गोर्खे गाउँका गाउँलेहरू यत्तिबेला महामारी लकडाउनको चपेटमा परेर निक्कै सासकष्टमा छन्।

वाहन छोडेर पनि लगभग दुइ घण्टा कुस्ता हिँडेपछि मात्र पुगिन्छ हिमाली गाउँ समान्देन र गोर्खे जुन भारत नेपाल सीमानाको सिंहलिला रेञ्जको चर्चित पर्यटकीय गन्तव्य फाललूटको मूनी पर्ने दूर्गम बस्ती हो। पातलो मानिसको बस्ती रहेको यो गाउँ हेर्दा सुन्दर भएपनि आन्तरिक रूपमा अहिले निक्कै कष्टमा रहेको छ। यसैक्रममा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको एउटा दलले गाउँलाई राहत वितरण गरेर गाउँलेहरूलाई केही हदसम्म भएपनि सहयोगको हात अघि बढाएको छ। दूर्गम गाउँ भएकै कारण गाउँसम्म पुग्न पनि रिम्बिक बजारबाट दुई घन्टा वाहन चडेर दुइ घण्टि पैदल हिँड्नु पर्छ भने सामानहरू घोडा र खच्चडले ढुवानी गरेको भरमा चल्नेगर्छ। गाउँमा परिवहनको कुनै सुविधा छैन राज्य सरकारले बाढेको निशुल्क राशन पनि घोडा र गाडी भाडा जोड्दा चार रूपियाँ प्रतिकिलोग्रामको दरले पैसा भुक्तान गर्नुपर्ने बाध्यता गाउँलेहरुसित छ।

गाउँलेहरूमा यत्तिबेला खाद्यन्नसितै असल शिक्षाको पनि धेरै आवश्यकता रहेको छ। यत्तिबेला उनीहरू 6 घण्टाको यात्रा गरेर रिम्बिक बजारमा आएर शिक्षार्जन गर्न बाध्य छन्। जसले अविभावकहरूले कमाएको सबै जस्तो रकम बाल-बच्चाको पठनपाठनमै लगानी गर्नुपर्छ। बचत शुन्य रहेको हरेक परिवार यत्तिबेला जिन्दगीको निक्कै गाह्रो स्थितिबाट अघि बढिरहेको छ।
गोरामुमोका रिम्बिक लोधोमा समष्टि अध्यक्ष सन्दीप लिम्बूको नेतृत्वमा गएको टोलीले गाउँलेहरूलाई खाद्यन्न र राहत वितरण गरेका छन्। उनले एनएनआईसित कुराकानी गर्दै यस्तो स्थितिमा गाउँलेहरूलाई कसैले पनि सहयोग गर्न चाहेको खण्डमा स्वागत गर्ने बताउँछन्। प्रकृतिले दिएको सुन्दर रूप भएको गाउँमा धेरै दुःखहरू लुकेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!