Loading... आजः मंगलबार , भाद्र २५, २०८१

समुदायका अगुवाहरुसँग बालविवाह न्यूनीकरण बारे अन्तरक्रिया


राजापुर, बर्दिया

२० पुस २०७८,
राजापुर नगरपालिकाको वडा नं. २ जोतपुर गाउँका समुदायका अगुवाहरुसँग बालविवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न गरिएको छ । युनिक नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा बालविवाह हुनुको कारण, यसबाट हुने समस्या र समाधानको उपाय बारे समेत छलफल गरिएको थियो ।
अनतरक्रिया कार्यक्रममा बालविवाह हुनुका कारणहरु, त्यसबाट उत्पन्न समस्या र समुदाय बाट नै यसको समाधानका उपायहरु खोजिएको थियो । सहभागीहरुबिच छलफल गर्दा अभिभावकहरु आफ्नो जिम्मेवारी बहन गर्न नसक्ने, अभिभावकहरुमा असल अभिभावकत्वको विकास नहुनु र बालबालिकाहरु आधुनिक प्रविधिको दुरुपयोग गर्नुले बालविवाह भएको बताए ।
यसका साथै, बालविवाह गरे र ग।ाउँदा हुन सक्ने कानूनी कारवाहीको बारेमा समेत सचेत गराइएको थियो । गाउँमा कसैले बालविवाह गरे बरघर समितिबाट नै जरिवाना टोक्ने कुरा बरघर समितिका सचिब पूर्ण थारुले बताए । यसका लागि अबको नयाँ बरघर समितिमा निर्णय गर्नुपर्ने बताए ।
कार्यक्रमको समापन गर्दै युनिक नेपालका सचिब निर्मला चौधरीले सबै अभिभावकहरुले आफ्नो बालबालिकाहरुको भविष्यको बारेमा चासो राख्नुपर्ने बताउनु भयो । साथै, मेरो बालबालिकाले के गरि रहेको भन्ने ख्याल गर्नुपर्ने बताउनु भयो । कार्यक्रमको सहजीकरण युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले गरेका थिए ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!