Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सम्पत्ति र अन्य करको बिरोध गर्दै राजनीतिक दलहरुले गरे राजापुरनगरपालिकामा तालाबन्दी पुर्न सहमतीका लागि २४ गते विहान ८ बजे बैठक बस्ने


 

भदौ २३
बर्दियाको राजापुर नगरपालिकाले गरेको सम्पत्ति र अन्य करको बिरोध गर्दै राजनीतिक दलहरुले नगरपालिकामा तालाबन्दी गर्नुका साथै नगर भरका बजार समेत बन्द गरेका छन् ।


आम जनताको ढाडै भाचिने गरी आर्थिक मन्दीका बेलामा अबैज्ञानिक र अस्वाभाविक रुपले करको दर नगरपालिकाले वृद्धि गरेको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, नागरिक उन्मुक्ती, नेकपा एस, राष्ट्रिय जनमोचा र क्रान्तिकारी नेकपाले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् ।
नगरकवासीको भावना र आर्थिक स्तरलाई बेवास्ता गर्दै मनोमानी ढंगबाट नगरपालिकाले चर्को दरमा कर असुलेको दलहरुको आरोप छ । प्रमुख राजनितिक दलले प्रमुख प्रशासकीय अधिकृत लाई ज्ञापन पत्र बुझाउनुका साथै भदौ १५ गते नगरभरका १० वटै वडा कार्यलयहरु घेराउ, १८ गते नगरपालिका घेराउ लगायतका शान्तिपूर्ण बिरोधका कार्यक्रम गर्दै आम जनताको आवाज निकाल्दा पनि नगरपालिकाले सुनुवाई नगरेपछि सशक्त रुपमा थप आन्दोलन घोषणा गर्दै नगरपालिकामा तालाबन्दी गरिएको नेपाली कांग्रेसका राजापुरका नगर सभापति महेश चौधरीले जानकारी दिनुभयो । कर बृद्धि घटाउन आम समुदायको गुनासो आएकाले १० वटै वडाबाट सहभागी जनसमुदायले शान्तिपूर्ण आन्दोलन गरेको राप्रपाका नेता राममणि उपाध्यायले बताउनु भयो ।

Insert your Ads code here

Exif_JPEG_420

नगरपालिकाले वृद्धि गरेको करको विरोध गर्दै वृद्धि गरि अशुल गरिएको कर फिर्ता गर, पुरानै कर कायम गर, कर आतंक बन्द गर लगायतका नारा लगायका थिए । नगर प्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दावी गर्नुभएको छ । नगरपालिकाले २०८० असार १८ गते अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न ऐन ल्याएको थियो । जसमा सम्पती करमा स्वघोषणा अनुसार १० लाख सम्मको मुल्याङ्कनमा एक मुष्ठ ३०० रुपैया र ५ करोड भन्दा माथिको मुल्याङ्कनमा ०.०५ प्रतिशत कर लाग्ने उल्लेख छ । नगरपालिकाले वृद्धि गरेको करको दर बारे छलफलका लागि बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ भने अर्काे बैठक २४ गते आइतवार विहान ८ बजे बस्ने सहमति भएको छ । नगरपालिकाको मूल गेटको ताला खोलिए पनि नगरपालिकाको कार्यालयमा लगाइएको ताला भने खोलिएको छैन ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!