Loading... आजः बिहिबार , माघ ३, २०८१

सरकारले आफूले बनाएको आदेशको आफैं उल्लङ्घन गर्दैछ- भरत बस्नेत


गान्तोक, 11 मई। कोविड-19को महामारीमा विपक्षी दलहरूले राखेका सुझाउहरूलाई राजनीतिकरणको नाम दिएर सरकार पक्षले पत्रकार सम्मेलन गर्नु खेदपूर्ण विषय रहेको सिक्किम प्रदेश कङ्ग्रेस कमिटीका अध्यक्ष भरत बस्नेतले बताएका छन्। अहिलेसम्म सिक्किम कोविडमुक्त रहेकोमा सरकारले दिएको निर्देशन पालन गरेका छन् भन्दै सिक्किमे जनताप्रति आभार प्रकट गरेका छन्। उनले राज्य सरकारका विभिन्न निकायप्रति पनि आभार प्रकट गर्दै बधाई दिएका छन्। गएको आठ मईको दिन सरकार पक्षबाट भएको पत्रकार सम्मेलनमा विपक्षीमाथि लगाइएको आक्षेपमा र पूर्व मुख्यमन्त्री माथि लगाइएको दोषारोपणमा उनले सरकारको कमी कम्जोरीहरूलाई अघि ल्याएका छन। आज रानीपूलस्थित नीजि आवासमा एक पत्रकार सम्मेलनको आयोजन गरी भनेका छन्, 25 वर्षको कार्यकालमा पूर्व सरकारमा भएको गल्लीलाई देखेर नै जनताले नयाँ सरकार ल्याएको हो। मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी भट्टराईको कुरालाई अघि ल्याउँदै भने, पूर्व सरकारकै बाटोमा हिँड्नु थियो भने कसरी परिवर्तन भयो। जनताको माझमा गएर भ्रष्टाचारको विरुद्ध बोलिएको थियो। सीबीआई नल्याए पनि कमसेकम भीजीलेन्स लगाएर जाँच गर्न सक्ने थियो तर पत्रकार सम्मेलनमा एका अर्कामा बाजाबाज गर्ने माहोल सिर्जना गरेको हो।
उनले विपक्षी हतोत्साहित भएको कुरामा भनेका छन्, जनताले तपाईहरूलाई सासन गर्ने मौका दिएको छ। तपाईहरूले बाज्ने र दोषारोपण गर्ने पत्रकार सम्मेलन गर्न छोड्दिनुस। तपाईहरू रुलिङ पार्टी हो यो कुरा नबिर्सिनुहोस। अहिले विपक्षी होइन सरकार हतोत्साहि भएको छ। सराकारमा क्षमता हुनुपर्छ नीति निर्धारण गर्ने। उनले वक्ताहरूले आफ्नो कदलाई बचाएर बोल्नुपर्छ पनि भने। उनले बुद्ध, जिजस र रामको उदाहरणमाथि बोल्दै यस्तो महान मानिसहरूको कुरा सिक्किमको राजनीतिमा नल्याउनु भनि अपील पनि गरे।
उनले अघि भने, जस खस छेत्रीबाहुन कल्याण सङ्घको चुनाउ हुँदैथियो त्यो समयमा 11 जनाले अध्यक्ष पदको निम्ति दावेदार थिए। अन्त्यमा गएर मुख्यमन्त्रीका सचिव शङ्करदेव ढकाल र एसएनटी सचिव राजु बस्नेतले जिम्मा लिएका छन्। पीबी राईको विरुद्ध तपाईहरूले बोल्न सक्नुहुन्छ भने एएनएम भएको विरुद्ध किन बोल्न सक्नुहुन्न। तपाईहरूले कस्तो नेतृत्व दिनुहुँदैछ तपाईहरूलाई सरम लाग्नु पर्ने। आज एक महिना हुँदैछ तर सरकार र यस्ता संस्थाहरूले एक शब्द बोल्न नसक्नु के हो। अघिल्लो सरकारमा कमलेश अग्रवालको यस्तो हुन्थ्यो भने अहिले कैलाश अग्रवालको ढलिमली हुनेछ। उनले प्रश्न राखेका छन्, के कैलाश अग्रवाल कानुन भन्दा माथि हुन्? आरएसएसको सङ्घसँग जोडिएको मान्छे हो भने त्यो कानुन भन्दा माथि हो? यहाँ कानुनी कार्वाही हुन चुकेको छ।
उनले भनेका छन्, जातको दोकान, संस्थाहरू खोलेर केवल त्यो अगुवाई गर्नेहरूले आफ्नो स्वार्थ सिद्ध गर्नुहुदैछ। भर्खरै पनि सरकारका एक मन्त्रीलाई हाथापाई भयो भन्दा पनि धेरै चर्चामा आएको थियो। त्यसमा सत्तारूढ पार्टीले आफ्नो प्रेस रिलिज दिएको थिएन। तर यसमा सङ्घका नेता राजू ह्यूमनले आफ्नो आईडी बाट यो होइन रहेछ भन्ने पोष्ट आएको थियो। यो खालको व्यवस्थापित चलन यहाँ सिक्किममा चल्ति छ यसले गर्दा तपाईहरूको कारण समाज कम्जोर बन्दैछ। समाजलाई नपुंसक नबनाउनुहोस।
उनले अघि भने, सिक्किम सरकारले राज्यको अर्थ व्यवस्थालाई अघि कसरी बडाउने भन्ने कुरामा नीति निर्माण गर्नुपर्छ। विभिन्न दिशामा काम गर्ने कर्मचारीहरूलाई सरकारले सेलेरी दिन चुकेका कुरा सार्वजनिक गर्दै पश्चिम पाण्डममा बनि ने मूर्तीको विषयलाई पनि अघि ल्याएका छन्। उनले भनेका छन्, मूर्ती नै बनाउने हो भने पुरानो सरकारले पनि मूर्ती नै बनाएर साशन गरेको थियो। अबको दुनियाँ मूर्तीलाई हेरे होइन आज जनतालाई आत्मनिर्भर बनाउने काममा लाग्नुपर्छ। अहिले राज्यलाई कसरी बाचाउनु पर्ने हो भन्दा अहिले कृषि, बागबानी, पशुपालनले अघि बडाउन सक्छ। राज्यका शिक्षकहरूले कति आन्दोलन गरे उनीहरूलाई सेलेरी दिने पैसा छैन। शिक्षाको निम्ति काम गर्छु भनेर सपथ ग्रहण अघि भन्नेले अहिले शिक्षाको निम्ति कुनै प्रावधान छैन। पश्चिम पाण्डमको बुदाङमा पानीको समस्या छ, खेती र पर्यटनको राम्रो व्यवस्था छ तर पानी छैन। त्यहाँका जनतालाई मूर्तीको पैसाले पानी दिउँ त्यस्तो मूर्ती त्यहाँको जनताले आफैं बनाइदिन्छ।
अर्कोतिर री एपोण्टमेण्टको विषयमा उनले सरकारले बनाएको आदेश सरकारले नै उल्लङघन गर्दैछ भन्दै सिक्किम विधानसभाका सचिव गोपाल दाहालको री एपोण्टमेण्ट र डा. थोमस चाण्डीको री एपोइण्टमेण्टमा पनि प्रश्न उठाएका छन्। यसरी नै बरत बस्नेतले राज्यका मुख्यमन्त्री र मन्त्रीहरूको वेतनबाट 35 प्रतिशत पैसा काट्ने कुरालाई स्वागत जनाउँदै भने, मुख्यमन्त्री र मन्त्री बाहेक विधायकहरूको पनि केही प्रतिशत काटिदिने, पूर्व विधायकहरू, री एपोइण्टेड कर्मचारीहरू आदिले पनि आफ्नो तर्फबाट योगदान दिने अपील गरेका छन्। उनले सिक्किम प्रेश कङ्ग्रेसले जिल्ला अधिकारीहरूलाई केही सहयोग दिने अपील गरे। उनले सिक्किम प्रदेश कङ्ग्रेस कमिटीको तर्फबाट ब्यापारीहरूलाई सबैको समस्यालाई बुझिदिएर सामानको दाम नबडाइदिने अपील गरे भने सरकारले पनि यसमा निगरानी राखिदिने अपील गरेका छन्। उनले सिक्किम सरकारले खानाको टेक्सहरूभन्दा मदिराको टेक्स बडाइदिने पनि अपील गरेका छन्। यसरी नै उनले प्रवासी मजदूरहरूको सहयोगमा प्रदेश कङ्ग्रेस अघि आएर सहयोग गर्ने पनि बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!