Loading... आजः शनिबार , श्रावण १२, २०८१

सरकारले एसपी-डीएसपीमा सिधा नियुक्ति तथा रि एपोइमेन्म तुरन्तै फिर्ता लिदैं जनतालाई 4 फरवरीमा जनतालाई दिनुपर्छ स्पस्टिकरणः एसएसीएए


गान्तोक,31 जनवरी। सिक्किम सरकारको कार्मिक विभागद्वारा सीबीआईमा काम गरिसकेका अवकाशप्राप्त अधिकारीहरूलाई राज्य सतर्कता विभागमा दुइजना एसपी र दुइजना डीएसपी पदमा सिधा नियुक्ति दिइऩे विज्ञापन जारी भएपछि विवाद शुरु भएको छ। यसैगरि विभागले दुइजना अभियन्तालाई अवकाश हुन एक दिन अघि नै पुनः एक सालको निम्ति नियुक्ति तथा एकजना भूतपूर्व निर्देशक तथा सचिवलाई एक लाख रूपियाँ मासिक भत्तामा सल्लाहकार नियुक्तको विरोध तिब्र रूपमा बढेको छ। यसबारे सिक्किम एगेन्स्ट सिटिडनसिप एमेन्डमेन्ट एक्ट (एसएसीएए) को एक प्रतिनिधि टोलीले कार्मिक विभागको विशेष सचिव टासी छोपेल भोटियालाई लिखित ज्ञापन चडाएर सबै आदेशलाई तुरन्तै फिर्ता लिनु पर्ने तथा सिक्किमको पुरानो कानुन र स्थानीयको सुरक्षा विपरित कार्य नगर्ने चेताउनी दिएको छ।
एसएससीएएका संयोजक पासाङ शेर्पासित संगठनका अन्य प्रतिनिधि भरत बस्नेत (कांग्रेस) नवीन किरण (सिक्किम सब्जेक्ट कमिटि) याहाङ चोङ (लिम्बु तामाङ भोलेन्टियर कमिटि), सोनाम शेर्पा ( हाम्रो सिक्किम पार्टी) को उपस्थिति रहेको थियो। टासिलिङ सचिवालयमा ज्ञापन सुम्पिएपछि पत्रकारहरूसित कुराकानी गर्दै संयोजक पासाङ शेर्पाले भने आगामी 4 फरवरीको दिन सत्तारूढ एसकेएम पार्टीको आठौं स्थापना दिवस छ त्यसदिन जनतालाई आफूले प्रथम स्थापना दिवसको समय गरेको बाचाहरूको बारेमा स्पष्टिकरण दिनुपर्छ। पार्टी सत्तामा आउनको निम्ति यस्तै अवैध नियुक्ति, अधिकारीहरूको सेवाकाल विस्तार र ओएसडी अनि सल्लाहकार नियुक्तिको विरोध गरिएको थियो तर अहिले लथालिङ्ग पाराले सरकार सञ्चालन किन गर्दैछ त्यसको जवाफ दिनुपर्छ। उनले मुख्यमन्त्रीको ओएसडीको पदमा सुनिल सरौगीलाई नियुक्तिबारे आपत्ती भइरहेको समय सीबीआईमा काम गरिसकेको अवकाशप्राप्त अधिकारीहरूलाई राज्य सतर्कता विभागमा दुइजना एसपी र दुइजना डीएसपीको पदमा सोझो नियुक्ति गर्ने विज्ञापन दिएर सिक्किमको स्थानी सक्षम आइपीएस एसपीएसहरूको खिल्लि उढाउनको साथै पुराना कानुन रूल 4-4 र अनुक्षेद 371 एफको सिधा उलङ्घन गरिएको हुनाले यसको जवाफ जनतालाई दिनुपर्ने माग गरे। उनले यसैगरि संस्कृति विभागका खण्ड अभियान्ता र उर्जा तथा विद्युत विभागमा मुख्य अभियन्तालाई पुन नियुक्ति दिने तथा वित्तीय सल्लाहकार नियुक्तिलाई लिएर पनि आपत्ति रहेको कुरा कार्मिक विभागलाई जनाइसकेको अनि त्यो तुरन्तै बन्द गर्नुपर्ने माग गरे।
अर्कोतिर एसएससीएएका अर्का सदस्य नवीन किरणले कार्मिक विभागले दुइजना एसपी र दुइजना डीएसपी पदमा सिधा नुय्कित दिने जुन विज्ञापन जारी गरेको छ त्यो सिधा अनैतिक अनि सिक्कमको सुरक्षा दिने कानुन रूल 4-4 र संविधानको धारा 371 एफको उलंघन रहेको बताए। उनले आरोप लगाए सरकारले यो विज्ञापन जारी गरेर केवल यो यो व्यक्तिलाई नियुक्ति गर्नेछौं भन्नमात्र नसकेको हो वास्तवमा उनीहरूले नियुक्त गर्नुपर्ने व्यक्ति छानी सकेका छन् जुन गैर सिक्किमे हुन् र त्यसको प्रयोग विपक्षीहरूमा गरेर विपक्षीलाई दबाउने कार्यमा प्रयोग गर्ने निश्चित गरिसकेका छन्। उनले विज्ञापनमा 65 वर्षभन्दा कम उमेरका व्यक्तिलाई नियुक्ति दिने भनिएको विषयमा पनि आपत्ती जनाउँदै सिक्किमका अन्य सरकारी कर्मचारीहरूलाई पनि अब उसे 65 सालसम्म नोकरी गराउने हो त भन्ने प्रश्न गरे। यदी यस्तो हो भने हजारौं बेरोजगारहरूको पेटमा लात हान्ने काम हुन्छ। यसैगरि उनले यो मामिलालाई लिएर न्यायालय र सड़क तथा सिधा जनतामा जाने पनि बताए। उनले भने, जनताले अब सत्ता हेरेर हुँदैन आफ्नो सुरक्षाको मुद्दा हेर्नुपर्छ जसरी पहिले कार्यकाल विस्तार गर्दा हामीले खदा माला लगाएर अधिकारीहरूलाई विदा गर्ने गरेका थियों अब त्यो प्रतिवाद फेरि शुरु हुनेछ। यसैगरि अर्का सदस्य भरत बस्नेतले भने, सिक्किमेको सुरक्षा प्राथमिकता हो त्यसैले हामीले कहिले पनि सत्तारूढको साथ दिएनौं तर सुरक्षाको पक्षमा उभिएका छौं। त्यसैकारण अहिले पनि सरकार र जनताले आत्मचिन्तन गर्नुपर्छ। आफूले दिएको बचन र लिएको बाचाहरूबारे गहन मनन गर्नुपर्छ र जनताले सत्तामुखी होइन तर सुरक्षा मुखी हुनुपर्छ। यसैगरि उनले पनि कार्मिक विभागको आदेश र विज्ञापन तुरन्तै फिर्ता गर्नुपर्ने अनि आगामी 4 फरवरीको स्थापना दिवसको दिन जनतालाई यस्ता कुराहरूको स्पष्टिकरण दिनुपर्ने माग गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!