सरकारले दैनिक उपभोग्य वस्तु सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छ। कोरोना भाइरस(कोभिड-१९) को संक्रमण विश्वभर फैलिरहेको बेला मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजारमा उपभोग्य वस्तु सहज रूपमा आपूर्तिको व्यवस्था गर्नेसहित तीन बुँदे निर्णय गरेको हो।
दैनिक उपभोग्य वस्तुको पूर्ववत रूपमा सहज र नियमित आपूर्ति व्यवस्था कायम गर्ने
मास्क,स्यानिटाइजर जस्ता अत्यावश्यक वस्तुहरूको मागलाई नियमित रूपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन वृद्धि गर्ने
.त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगातय नेपाल प्रवेशका प्रमुख नाकाहरूमा उपकरणसहित स्वास्थकर्मीहरूको व्यवस्था गरी यात्रुको ज्वरो मापनलाई अझै प्रभावकारी बनाउने
Insert your Ads code here
सेतोपाटी अनलाइनका अनुसार आममानिसमा कोरोना भाइरसको सन्त्रासले बजारमा मास्क तथा स्यानिटाइजरमा कालोबजारी सुरू हुन थालेको छ। विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोना भाइरसको उच्च जोखिम मुलुकको सूचीमा राखेको छ। जसले गर्दा आममानिसमा त्रास पैदा भएको छ।
चीनको विहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण ६० भन्दा बढी देशमा भेटिएको छ। कोभिड -१९ बाट हालसम्म ३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ८९ हजार मानिस संक्रमित छन्।