कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने भएको छ। सोमबार बसेको नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने निर्णय गरेको हो। त्यस्तै अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ।
कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने संचयकोषका संचयकर्ता बाहेकका स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई १० लाख रुपैयाँको बिमा सुविधा उपलब्ध गराइने निर्ण गरेको छ।
बैठकले टेकु अस्पतालमा २०, सशस्त्र प्रहरी अस्पतालमा २०, आयुर्वेद्ध अस्पताल कीर्तिपुरमा २०, वीर अस्पतालमा २०, सैनिक अस्पतालमा २० र पाटन अस्पतालमा २० गरी २ सय २० वटा आइसीयु बेड तयार गरिने निर्णय गरेको छ। त्यसैगरि काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित ७ स्थानमा एक हजार संख्यासम्मको बेड हुनेगरी आइसोलेटेड वार्डको व्यवस्था गर्ने बताइएको छ।
Insert your Ads code here
आयुर्वेद अस्पताल कीर्तिपुर २ सय, खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र २ सय २०, तेलकोटस्थित खानेपानीको तालिम केन्द्र ६०, टेकु अस्पताल १ सय, पाटन अस्पताल ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालहरुमा १ सय र इचंगुनारायणस्थित शैक्षिक ब्यारेकमा २५० बेडको व्यवस्थापनसहितको आइसोलोटेड वार्ड स्थापना गरिने र विभिन्न प्रदेशहरुमा आवश्यकता हेरी १ सय वटा आइसीयु कक्षको तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ।
त्यस्तै कोरोना भाइरस परीक्षणका लागि पीपीई सेट २० हजार थान, डाइगोनोस्टिक किट १० हजार थान र थर्मल गन १ हजार थान किन्ने गर्ने निर्णय गरेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।