प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गत १५ असारमा सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने गरि गरेको फैसलाको मुद्धा पुनरावलोकन हुने भएको छ।
प्रधानन्यायाधीस जबरा र न्यायाधीस केसीले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेका थियो। सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन्।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनको सुनुवाई गर्दै फैसला पुनरावलोकनको अनुमति दिने आदेश दिएको हो।
Insert your Ads code here
आफ्नै पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको खबरकुराले लेखेको छ।