Loading... आजः शनिबार , श्रावण १२, २०८१

सरकारले विभिन्न देशबाट २४ हजार नेपालीलाई स्वदेश फर्काउने


सरकारले विभिन्न देशबाट २४ हजार नेपालीलाई स्वदेश फर्काउने भएको छ। परराष्ट्र मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई उपलब्ध गराएको स्वदेश फर्काउने सूचीमा विभिन्न ३० देशका २४ हजार १ सय ४८ जना छन्। जसमध्ये मलेसियाबाट सबैभन्दा बढी ६ हजार ४ सय ३५ जना आउँदैछन् भने लाओसबाट २ जना आउने भएका छन्। सरकारले यसअगाडि विभिन्न १५ वटा प्राथमिकता तोकेर नेपाल फर्किन चाहनेको सूची तयार पार्न सम्बन्धित देशमा रहेका नियोगहरुलाई निर्देशन दिएको थियो।

विभिन्न नियोगहरुबाट प्राप्त संख्या अनुसार अमेरिकाबाट ५ सय ४३, ब्रिटिस टेरीटोरीबाट ४९, क्यानडाबाट ७८, साउदी अरबबाट ३ हजार ३ सय १२, युएईबाट ४ सय १०, बहराइनबाट ३ सय ७२, इजरायलबाट ३९, युगाण्डाबाट १ सय ६१ नेपाली आउने भएका छन्। नइजेरियाबाट ९७, दक्षिण सुडानबाट १८, सुडानबाट ३१, मोरक्कोबाट ६३, कतारबाट ३ हजार ६ सय ८, थाइल्याण्डबाट ३ सय ५७, सिंगापुरबाट ६१ र कम्बोडियाबाट ४१ जना आउने भएका छन्। त्यस्तै भियातनमबाट ४, जापानबाट ९ सय १६, कोरियाबाट २ सय ८२, बंगलादेशबाट १ सय ८०, श्रीलंकाबाट ३६,पाकिस्तानबाट १ सय २५, डेनमार्क, नर्वे, स्विडेन र फिनल्याण्डबाट ७६,ओमनबाट ६ सय ५६, साइप्रसबाट ४ सय ७१, कुबेतबाट २ हजार ९ सय ९१, माल्दिभ्सबाट ७ सय २४ र अष्ट्रेलियाबाट १ हजार ३ सय रहेका छन्। यसअघि युएईबाट १ सय ६७ र म्यानमारबाट २६ नेपाली नेपाल आइसकेका छन्, सेतोपाटी अनलाइनले लेखेको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!