Loading... आजः शनिबार , श्रावण १२, २०८१

सरकारले सत्तामा आउनुअघि गरेका प्रतिज्ञा पुरा गरेन: दिले नामग्याल बर्फुङपा


गान्तोक 1 जुन। सिक्किममा सत्ता परिवर्तन भएको एक वर्षपछि नयाँ सरकारको कार्यकौशलको पर्यालोचना गर्दै सिक्किम नेशनलिष्ट पिपल्स पार्टी (एसएनपीपी) ले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले आफ्नो बाचाहरू र घोषित मुद्दाहरूमा आधामात्र सफल भएको अनि आधा असफल भएको मन्तव्य व्यक्त गरेको छ। राजधानी गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर एसएनपीपीका अध्यक्ष दिले नामग्याल बर्फुङपाले एसकेएम सरकारको काम गरिगराईलाई दशमा पाँच अङ्क दिने दाबी गरे। उनले भने अहिले एक साल पुरा गरेकोमा एसएनपीपीको तर्फबाट सरकारलाई बधाई दिन्छौं एक साल पुरा गरे पनि सही रूपमा काम गर्ने मौका नपाएको कारण सरकारले आफ्ना बाचाहरू पुरा गर्न नसकेको होला। हामीले कोविड 19 को कारण सरकारले गर्नुपर्ने कार्यहरूमा आएको रोकावटको बारेमा पनि बुझिदिनुपर्छ। उनले अर्कोतिर सरकारले सत्तामा आउन अघि गरेका प्रतिज्ञा र सरकारमा आएर गरेका विभिन्न अधिसूचनाको आधारमा भने अहिले सम्म काम नभएको भन्दै असन्तुष्टि पोखे। उनले भने पहिलो अप्रेलदेखि नियुक्ति र अन्य कुरा गरिँदैन भनेर अधिसूचना जारी गरिन्छ तर त्यही अधिसूचनाको उलंघन गर्दै नियुक्ति र एक्सटेन्सन दिइऩ्छ जुन सरकारको गल्ती हो। यसैगरि उनले एक्सटेन्सन दिनको साटो सबैलाई नोकरीको समय सीमा बडाएर 60 वर्ष गरिदिनुपर्ने कसैलाई भेदभाव नगर्नुपर्ने माग राखे। अर्कोतिर कोविड 19 को महामारीले प्रभावित चालक, होटल, पर्यटन व्यावसाय र अन्य साना साना व्यापारीहरूलाई परेको मार्गबारे सरकारले ध्यान दिएर उनीहरूलाई मासिक रूपमा राहत प्रदान गर्नुपर्ने बताए।केन्द्र सरकारले घोषणा गरेको 20 लाख करोड़ रूपियाँको राहत प्याकेजबाट सिक्किमले पाउने हिस्सालाई सिक्किमको अतिथि सत्कारको क्षेत्रमा रहेको पर्यटन, होमस्टे, होटल र अन्य व्यवसायलाई राहत दिन र विकास गर्नमा खर्च गर्नुपर्ने माग राखे। चालकलाई वाहनको लोनको इएमआई पूर्ण रूपमा तीन महिनाको मिनाहा गर्नुपर्ने माग राखे। यसैगरि चालकहरूलाई राहत दिन राज्य सरकालले तेलमा लगाएको कर हटाएर पनि राहत दिनुपर्ने बताए। अर्कोतिर राज्य सरकारले चुबुर चुबुर होइऩ तर एकमुष्ठरूपमा जनतालाई राहत सामाग्री वितरण गर्नुपर्ने माग पनि राखे। अर्कोतिर उनले राज्यमा कोरोनाको महामारी भरि जनतालाई सबै प्रकारको निःशुल्क औषधी उपलब्ध गराउनुपर्ने बताए।
अर्कोतिर राज्य सरकारले गठन गरेको इकोनमिक रिभाइभल कमिटिले राज्यको सबै विपक्षी दलका प्रतिनिधिहरूबाट पनि सुझाउ र सल्लाह लिएर राज्यको खस्किन्दो अर्थनीतिलाई सुधारने दिशामा पहल गर्नुपर्ने बताए। एसएनपीपीले आवश्यक परेकाहरूलाई अहिले सहयोग गर्दै आएको अनि आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरिरहेका पनि दाबी गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!