Loading... आजः शनिबार , श्रावण १२, २०८१

सरकारले स्थायी नियुक्ति दिने बचन पालन गर्नुपर्छ,एडहक शिक्षक नियुक्तिको निम्ति विज्ञापन होइनः प्रकाश पराजुली


गान्तोक, 19 फरवरी। सिक्किमको वर्तमान राज्य सरकारको शिक्षा विभागले एडहक शिक्षक नियुक्तिको निम्ति गरेको विज्ञापन र प्रक्रिया गलत रहेको दाबी गर्दै सरकारले दिएको बचन अनुरूप अब एडहक शिक्षक नियुक्ति बन्द गरेर स्थायी नियुक्तिको पहल थाल्नुपर्ने माग एडहक शिक्षक प्रकाश पराजुलीले गरेका छन्। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एक साल पहिले आजकै दिन शिक्षकहरूको स्थायीकरणको मागमा आफूहरूलाई पुलिसले पक्राउ गरेको घटनाको सम्झना गर्दै शिक्षक चेतना संघर्ष समितिको संघर्षको कथा व्यथा अघि सारेका छन्। उनले वर्तमान राज्य सरकारले सत्तामा आउन अघि एडहक शिक्षकहरूको सबै माग पुरा गर्ने बचन आफ्नो घोषणा पत्रमा दिएको अनि त्यसलाई अब काममा लगाउनुपर्ने दाबी गर्दै एडहक शिक्षक नियुक्ति बन्द गर्नुपर्ने माग पनि गरेक छन्।
उनले भने एडहक परम्परा समाप्त गर्नुपर्छ भनेरै आजकै दिन गतवर्ष शिक्षक चेतना संघर्ष समितिको गोप्य नाममा हामीले आन्दोलन गरेका थियौं जसको निम्ति हामी चार शिक्षकलाई पुलिसले पक्राउ गरिएको थियो। त्यो दिनको आन्दोलनले तत्कालिन सरकारले एडहक शिक्षकलाई स्थायी गर्ने अधिसूचना समेत जारी गरेको थियो। त्यसलाई सही रूपमा अघि मन्थन र विचार गर्नको साटो अहिले राज्यमा जिल्ला जिल्लाको निम्ति आवश्यक एडहक शिक्षकको नियुक्तिको निम्ति अन्तरवार्ताको आह्वान गर्दै विज्ञापन गरिएको छ। जुन धेरैसालदेखि एडहक शिक्षकको रूपमा कार्यरतहरूको निम्ति नयाँ उम्मेद्वारहरूको लाइनमा बसेर अन्तरवार्ता दिनुपर्ने बनाइएको छ जुन सही नरहेको उनले बताए।

यसैगरि यस्तो विज्ञापन गरेर पनि केही दिनको समयमात्र दिएको हुनाले धेरैले समर्पित शिक्षकको रूपमा अघि आउन चहाएको खण्डमा पनि समय नदिएको कारण नभ्याउने प्रकारले विज्ञापन गरिएको बताए। उनले कम्तीमा पनि दुइ महिनाको समय दिएर सही पाठ्यक्रम र अन्तरवार्ताको निम्ति व्यवस्थित पाराले कार्य गर्नु पर्ने पनि मन्तव्य व्यक्त गरेका छन्। अर्कोतिर आफूहरूले राज्यमा शिक्षक नियुक्तिको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गरेर स्थायी शिक्षक नियुक्तिलाई ध्यान दिएर अहिलेसम्म बराबर काम गरेर पनि वेतनमान र सम्मानमा स्थायी शिक्षक र एडहक शिक्षकको भेदभावमा बस्नुपर्ने शिक्षकहरूको स्वाभिमानलाई पनि सम्मान गर्नुपर्ने थियो भनि बताए।

उनले राज्य सरकारले आफ्नो बचन पुरा गर्दै स्थायी शिक्षक नियुक्तिको निम्ति आधिकारीक रूपमा प्रतिबद्धता जाहेर गर्नुपर्ने तथा यसको निम्ति पहल गर्नु पर्ने बताए। उनले एडहक प्रथा समाप्त गरेर स्थायी शिक्षक नियुक्ति गरेर शिक्षकहरूलाई सम्मान प्रदान गर्नु पर्ने माग पनि राखे। जसले अहिले कुखुरा पालौं कि एडहकको शिक्षक बनौं भन्ने दोधारमा बसेर शिक्षक बन्ने सपना मास्न नपरोस भनि बताए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!