Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

सरकारी निर्णयको विश्वसनीयतामाथि प्रश्नचिन्ह उठ्न गएको तर्फ प्रमकार्यालयलाई काउन्सिलकाे आग्रह


तस्बिर: किशोर श्रेष्ठको फेसबुक पेजबाट साभार

प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको बुझिएको छ।

बिहीबार प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा लकडाउनका कारण रोकिएकाहरु शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान पाइने भनी सूचना प्रकाशित भएको थियो। सूचना प्रकाशित गरेको केही समयपछि त्यसमा अपडेट भनी प्रदेश र स्थानीय सरकारले मान्यता नदिएका कारण उक्त निर्णय फिर्ता भएको जानकारी दिइको थियो। केहीबेर पछि लेखिएका सबै सूचना डिलिट गरिएको थियो।

Insert your Ads code here

विश्वव्यापी स्वास्थ्य संकटकालको यो समय प्रधानमन्त्री कार्यालयको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भई जनमानसमा पर्याप्त भ्रम सिर्जना हुन गएको काउन्सिलले बताएको छ।

काउन्सिलले आधिकारिक सूचनाको मूल स्रोतमै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको तर्फ सचेत हुन प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेको छ। त्यस्तै आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई आग्रह गरेको छ।

‘यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास लिइएको छ’ पत्रमा भनिएको अनलाइन खबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!