Loading... आजः शनिबार , श्रावण १२, २०८१

सरकारी महाविद्यालयको एसआरसी अध्यक्षहरूले गरे सरकारलाई विभिन्न माग


गान्तोक, 27 जुन। सिक्किमको सरकारी महाविद्यालयहरूमा विभिन्न समस्या र आवश्यकताहरू तथा शैक्षिक विकासको निम्ति आवश्यक सुधारहरूबारे राज्यको शिक्षा मन्त्रीसित हिज एक प्रतिनिधि टोलीले भेटघाट गरेपछि आज पाँचवटा महाविद्यालयका विद्यार्थि प्रतिनिधि परिषद (एसआरसी) का अध्यक्षले आफ्नो सुझाउ सल्लाह र माग पत्रकार सम्मेलन आयोजन गरेर राखेका छन्। यसमा विशेष गरेर स्नातकपछि उच्च शिक्षाको निम्ति सबै विषयमा स्नातकोत्तर तहको पठनपाठन शुरु गरिनुपर्ने, पञ्जिकरण नभएको महाविद्यालयलाई तुरन्तै एफिलेशन गरिनुपर्ने, बस सेवा प्रदान, होस्टेलको सुविधा, अनलाइन क्लासको निम्ति आवश्यक वाइफाइको सशक्त माध्यम तयार गरिनुपर्ने। यसैगरि खेलकूदको व्यवस्था, महाविद्यालयहरूको जमीन मिच्न नदिन बार लगाइनुपर्ने, प्रयोगशालाहरूमा पर्याप्त उपकरणहरू प्रदान गर्नुपर्ने तथा पूर्वाधारहरूको संरक्षण र सुरक्षाको निम्ति मरमत्ती तथा अन्य सुविधा प्रदान गर्नुपर्ने माग उठाएका छन्। जसमा देन्तान भोकेशनल कलेजका एसआरसी अध्यक्ष टेकनाथ शर्मा, सरकारी महाविद्यालय बुर्तुकका अध्यक्ष सोनाम छिरिङ लेप्चा, च्याखुङ सरकारी विज्ञान महाविद्यालयका अध्यक्ष मिङ्मा ग्याछो शेर्पा, सरकारी महाविद्यालय नाम्चीका बुद्धहाङ सुब्बा, माङसिला सरकारी महाविद्यालयका अध्यक्ष अनित छेत्रीले आफ्नो कुराहरू राखेका छन्। यसैगरि संगठनका प्रतिनिधिहरूले उच्च शिक्षा विभागको अधिकारी, शिक्षामन्त्री र मुख्यमन्त्रीसित विशेष भेटघाटको अवसर जुराइदिने तथा सरकारी शिक्षा नीतिबारे चर्चा गर्ने अवसरको निम्ति आग्रह पनि गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!