Loading... आजः शनिबार , श्रावण १२, २०८१

सलह भित्रिएकाले बालीनाली सुरक्षा गर्न सुझाव


सरकारको प्रक्षेपणविपरीत सलह किरा अन्ततः नेपाल भित्रेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बारा, पर्सा, सिन्धुली, सर्लाही र रुपन्देही लगाएका जिल्लामा सलह देखिएको पुष्टि गरेको हो। यसअघि भारतसम्म आइसकेको सलहको झुन्ड यो पटक भने नेपाल पनि पसेको हो। न्यून सम्भावना रहेको विज्ञहरूको अनुमान विपरीत सलह नेपाल भित्रेको हो। हावाको दिशा परिवर्तन हुँदा अन्तै जानुपर्ने सहल नेपाल छिरेको अनुमान गरिएको कारोबार अनलाइनले जनाएको छ।

ठूलो संख्यामा उडेर आउने किराले बाली नाली सखाप पार्ने भएकाले नेपाली किसान र सरकारी अधिकारीले ढिला नगरि कदम चाल्नु पर्ने विज्ञले सुझाएका छन्। “नेपाल आउने सम्भावना निकै कम थियो, पूर्वबाट पश्चिम हावा बग्नुपर्नेमा उत्तरबाट दक्षिण बगेपछि एक्कासी आएको हो तर ठूलो संख्यामा नभइ सानो संख्यामा आएको छ,” बाली विज्ञ डा. डिल्लीराम शर्माले भन्नुभयो, “सानै भए पनि क्षति हुन सक्छ, किसानले आफ्नो खेतमा उपस्थिति जनाउनु पर्छ।”

४ देखि ८ करोडको संख्यामा झुन्डमा उडेर सयौं किलोमिटर यात्रा गर्न सक्ने सलह किरा नेपालमा भने टुक्रिएको झुन्ड लाखको संख्यामा भात्र आएको शर्माको भनाइ छ। “धेरै दिन बस्दैन, चारदेखि पाँच दिन किसानले सलह आउनुअघि नै खेतमा उपस्थित भएर आउनेवित्तिकै भगाउनु पर्छ,” उहाँले भन्नुभयो, “थाल, दमाहा बजाउने, डिजे बजाउने जस्ता कार्यले सलह खेतबारीमा बस्न पाउँदैन।”

Insert your Ads code here

सलह साँझ बास बसेको बेला वा विहान ७ देखि ८ बजेतिर जमिनमा बस्ने भएकाले सरकारी निकायहरूले बसेको ठाउँ पहिचान गरि विषादी छर्कनुपर्ने सुझाव उहाँको छ । किसानले कहाँ बसेको छ भन्ने जानकारी स्थानीय सरकारलाई उपलब्ध गराएर सबैले पहल गरेमा सलहको जोखिम कम हुने तर दिनमा नियन्त्रण गर्न गाह्रो हुने शर्माको भनाइ छ । थप आउने सम्भावना कम रहेको तर जति आयो त्यतिलाई नियन्त्रण गर्नुपर्ने सुझाव उहाँले दिनुभयो।

सलहका लागि मालाथिन ९६ प्रतिशत विषादी उपयुक्त मानिन्छ। यसको विकल्पमा क्लोरोपाइरिपस ५० र २० प्रतिशत प्रयोग गर्न सकिने तर यो काम राती वा विहान गर्नुपर्ने भएकाले छिटै एक्सनमा जानुपर्ने उहाँ भन्नुहुन्छ। मन्त्रालयले विज्ञ सहितको बैठक बोलाएको छ ।

मन्त्रालयले एक महिनाअघि सलह नेपालमा भित्रने सम्भावना र यसले गर्ने क्षतिका बारेमा अध्ययन गर्न समिति बनाएको थियो। समितिको सुझाव अनुसार तीनै तहका सरकारबीच समन्वयमा काम भइरहेको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!