सहकारीद्धारा ७४३ घरधुरीका लागि निः शुल्क गहुको विउ बितरण फोटो फिचर सहित
बर्दिया राजापुर
मंसिर १३
साना किसान कृषि सहकारी संघ बर्दिया गुलरियाको समन्वयमा साना किसान विकास लघुवित्त वित्तिय सस्था लि काठमाण्डौको आर्थिक सहयोगमा शरद साना किसान कृषि सहकारी सस्था राजापुर नगरपालिका वडा नं १ दौतलपुरमा आवद्ध ४४८ घरधुरी, दिदी बहीनी साना किसान सहकारी सस्था लि राजापुर नगरपालिका ४ राजापुरमा आवद्ध १०० घरधुरी र शिशिर साना किसान कृषि सहकारी सस्था लि गेरुवा गाउपालिका वडा नं ३ शान्तीबजारमा आवद्ध १९५ घरधुरीका गरी ७४३ घरधुरीका लागि रु २० लाख २० हजार ९सय ६० रुपैया बराबरको निःशुल्क गहुको विउ सम्बन्धीत सहकारीमै पुगी वितरण गरिएको छ ।
साना किसान कृषि सहकारी संघ गुलरियाका अध्यक्ष हरी अधिकारीले कातिक २ गते आएको बाढीका कारण समुदायमा ठूलो क्षती भएको खबर पाए लगतै तत्काल हामीले खानको लागि पहिलो चरणमा चिउरा,दालमोद, चाउचाउका वितरण गरेको थियौ सहकारीको छैठो नम्बरको सिद्धान्त अनुसार हामीले हाम्रो सहकारीका सदस्यहरुलाई दुःखमा केही मलम पट्टी लगाउन साना किसान बैकका प्रबन्धक शेर बहादुर सर हामी मिलेर केन्द्रमा अनुरोध गयौ, फलरुवरुप आज यस क्षेत्रका बाढी पिडित शेयर सदस्यहरुका लागि निःशुल्क गहुको विउ आएको तपाईहरुको साथमा हामी सधै साथरहने विश्वास दिलाउ चाहन्छौ बताउदै बाढीपिडितअरुहरु पनि हुनुहुन्थ्यो होला र तर हामी हाम्रोे सदस्य भन्दा बाहीर जान नसक्ने भएकोले अन्यलाई राहत प्रदान गर्न नसकिएको कारण सहकारीमा आवद्ध नहुनु भएकाहरुलाई सहकारीमा आवद्ध हुन पनि अनुरोध गर्नु भएको छ ।
साना किसान विकास लधुवित्त सस्था लि ईलाका कार्यालय नेपालगन्जका प्रवन्धक शेर बहादुर चौधरीले यस्तो प्रकोपहरु नआओस भन्ने कामना गदै बाढी पिडितहरु सबैलाई राहत दिन मन थियो तर सहकारीको नियमका कारण हामीले शेयर सदस्यहरुलाई मात्र गहुको निःशुल्क विउ बितरण गर्नु परेको बताउदै शरद साना किसान कृषि सहकारी सस्था राजापुर नगरपालिका वडा नं १ दौतलपुरमा आवद्ध ४४८ घरधुरीका लागी रु १२ लाख १८ हजार ५ सय ६०, दिदी बहीनी साना किसान सहकारी सस्था लि राजापुर नगरपालिका ४ राजापुरमा आवद्ध १०० घरधुरी रु २ लाख ७२ हजार र शिशिर साना किसान कृषि सहकारी सस्था लि गेरुवा गाउपालिका वडा नं ३ शान्तीबजारमा आवद्ध १९५ घरधुरीका ५ लाख ३० हजार ४ सय ३० रुपैया गरी जम्मा रु २० लाख २० हजार ९सय ६० रुपैया बराबरको गहुको विउ वितरण गरेको जानकारी दिनु भयो ।
साना किसान कृषि सहकारी संघ गुलरियाका सचिब डम्बर केसीले कार्यक्रम संचालन गदै शरद साना किसान कृषि सहकारी सस्थाका अध्यक्षले फोन गरेर हामीले घरछोड्यौ भनेर जानकारी गराउनु भो उहाँले जानकारी गराए लगतै हामी पुगेर पहिलो चरणमा हामीले चिउराहरु चाउचाउ लिएर वितरण गरौ , त्यतीले मात्र नपुग्ने शेयर सदस्यज्यूहरुको धेरै नोक्सानी भएकोले त्यस पछि के गर्न सक्छौ भने छलफल पछि हामीले केन्द्रमा पहल गरौ साना किसानका सदस्यहरुलाई दुःखमा मलम पट्टी लगाउन साना किसान कृषि सहकारी संघ गुलरियाका पहलमा साना किसान विकास लधुवित्त सस्था लि काठमाण्डौले यो सहयोग गरेको बताउनु भयो ।
साना किसान कृषि सहकारी संघ गुलरियाका उपाध्यक्ष प्रतिभा चौधरी, साना किसान विकास लधुवित्त सस्था लि ईलाका कार्यालय नेपालगन्जका अधिकृत पारसमरणी मिश्रा लगायत सम्बन्धीत सहकारीका अध्यक्ष उपाध्यक्ष प्रबन्धकहरुर शेयर सदस्य पत्रकारको उपस्थित रहेको थियो ।