कोभिड-१९ महामारी नेपालमा फैलिएयता महामारी विरूद्ध नेपालमा रहेका चिनियाँ संस्था तथा कार्यरत्, अध्ययरत् तथा बस्ने चिनियाँहरूले सामग्री दान दिने, तालिम दिने, अनलाइन परामर्श दिने विविध तरिकाद्वारा नेपाललाई सहयोग र समर्थन गरिरहेका छन्।
जुन २८ तारिख बिहान चीन रेलवे निर्माणअन्तर्गत चौथो ब्यूरो समूहले नेपाली स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बीस हजार मेडिकल सर्जिकल मास्क हस्तान्तरण गरेको छ। हस्तान्तरण समारोहमा चीन रेलवे निर्माणअन्तर्गत चौथो ब्यूरो समूहअन्तर्गत दक्षिण एसिया कार्यालयका प्रमुख तिङ बिनले यी चिकित्सा आपूर्तिले नेपाली मित्रलाई सहयोग गर्ने आशा व्यक्त गर्नुभयो।
मैले नेपालमा काम गर्न थालेको करिब पाँच वर्ष भइसक्यो। म धेरै नेपाली साथीहरूलाई चिन्छु। हाल विश्वव्यापी महामारी फैलिँदैछ। नेपालमा महामारीको अवस्था पनि गम्भीर छ। मेरो विचार, साथीको हैसियतमा हामीले नेपाली मित्रलाई सहयोग गर्नुपर्छ। उहाँले भन्नुभयो।
Insert your Ads code here
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रघुराम विष्टले समारोहमा सम्बोधन गर्नुभयो। उहाँका अनुसार, नेपालमा महामारी फैलिएदेखि चीनका विभिन्न पक्षले नेपाललाई सहयोग गर्दैआएका छन्। त्यसमा नेपाली सर्वसाधारणलाई गहिरो रूपमा छोएका छन्। कठिनाइमा नेपाल र चीनको मित्र अझ सदिच्छा र सुदृढ बनेको छ।