Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सांसद नमूना र दैलेखी समाजको मनकारी सक्रियता


नेपालपारी भारतीय सीमामा अलपत्र परेका ३१४ जनालाई स्थानीय नेता प्रशासन र सुरक्षा निकायको पहलमा नेपालतर्फ ल्याएर जमुनाहा क्षेत्रमा ब्यवस्थापन गरिएपछि दैलेखी समाज बाँके र दैलेखी एकता समाज काेहलपुरले दुई छाक खाना र एक छाक नास्ता उपलब्ध गराएको किराना खाद्य ब्यवसायी संघका महासचिव ताेप बहादुर थापाले बताउनुभएको छ।

नेपाल सरकारले उपयुक्त प्रबन्ध नगरेका कारणबाट नेपालपारी भारतीय सीमामा अलपत्र परेका नेपालीहरु चार दिनपछि जनताको दबाब र स्थानीय नेता प्रशासन र सुरक्षा निकायको पहलमा भारतबाट नेपाल अाइसकेपछि क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा बसेका नेपाली जनताका लागी दैलेखी समाज बाके र दैलेखी एकता समाज कोहलपुरले दूई छाक खाना र एक छाक नास्ताको जोहो गरेको थियो। अलपत्र परेका नेपालीलाई उनीहरूकाे पीडा बुझेर सहयोग गर्ने दैलेखी समाज बाँके र दैलेखी एकता समाज बाँकेलाई किराना खाद्य ब्यवसायी संघका महासचिवले धन्यवाद ज्ञापन गरेका छन्।

यसैगरी प्रदेश सांसद कृष्णा केसि “नमुना” काे अगुवाईमा गठित Covid -19 Relif Fund Banke द्वारा स्थानीय तहमा राहत हस्तान्तरण गर्ने कार्यक्रमनुसार खजुरा गाउँपालिका कार्यलयमा पालिका प्रमुख किस्मत कुमार कक्षपतिलाई हस्तान्तरण गरिएको छ। दैनिक ज्यालादारी, मजदुर र आर्थिक विपन्न वर्गलाई लकडाउनको जटिल अवस्थामा राहत दिने कार्यक्रमले जनस्तरबाट राम्रो प्रतिक्रिया पाएको छ।

बिस्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) को संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनबाट प्रभावित भएका र दैनिक ज्यालादारी गरि गुजारा गर्ने बर्गलाई सहयोग पुर्याउने उद्देश्यले सांसद कृष्णा के.सि.नमुनाको सक्रियतामा स्वस्फूर्त रूपमा निर्माण गरिएको काेविड-१९ राहत कोष, बाकेले आफ्नो उद्देश्य अनुसार बाकेका स्थानीय निकायसङ्ग समन्वय र सहकार्य गर्दै (हालसम्म ३५जना मनकारी मनहरुले प्रदान गर्नुभएको रकमबाट खाध्य सामाग्री खरिद गरि) बाकेका ४ स्थानीय निकायमा हस्तान्तरण गरिएको छ। सबै स्थानीय निकायलाई यो कोषबाट समानरूपले १० कुन्टल चामल, २ कुन्टल दाल, १ कुन्टल नुन, १०० लिटर तेल र १३५ पिस हातधुने साबुन हस्तान्तरण गरिएको छ।

बैजनाथ गाउपालिकामा अध्यक्ष मानबहादुर रुचाल, संविधानसभा सदस्य तथा पुर्बमन्त्री दलबहादुर सुनार, कोहलपुर नगरपालिकाका मेयर लूटबहादुर रावत, नेकपा बाकेका सचिव अशोक कोइराला, जानकी गाउपालिकामा अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भुमिसरा धिताल र खजुरा गाउपालिकामा अध्यक्ष किस्मतकुमार कक्षपती र पार्टीका स्थानीय नेता भीम ओली लगायतको उपस्थितिमा समितिको तर्फबाट सदस्यहरु संजय थापा, बिजया धिताल, भिमबहादुर रानाभाट, धनराम ओलि, सुर्यप्रकास घर्ती र किराना तथा खाध्य ब्याबशायी संघ बाकेका उपाध्यक्ष प्रमोद अग्रवाल तथा महासचिव टोपबहादुर थापा सहितको टोलिले संयुक्त रूपमा राहत सामाग्री हस्तान्तरण गरेको थियो।

राहत हस्तान्तरण गर्ने क्रममा सम्बन्धित सबैलाई आउनुहोस् तपाई हाम्रो सानो सहयोगले दैनिक ज्यालादारी गरिखाने, निमुखा बर्गकोलागी र संकटमा प्रताडित र प्रभावित भएकाहरुलाई मल्हमपत्ती लगाउन हातेमालो गरौं भन्दै अाव्हान गरिएको छ।

नेपालगंज उधोग बाणिज्य सँघ र नेपालगंज किराना तथा खाध्य ब्यावसायि सँघले सुरू गर्दै आइरहेको दैनीक घुम्ती शेवालाई निरन्तरता दिइएको छ। देश र जनता अापतमा परेको बेला जनस्तरबाट गरिएको यस्तो उच्च समाजसेवाले सबैकाे मन जितेको छ र उदाहरणका पात्र बनेका छन् उलेखित संघसंस्थाका पदाधिकारीहरु।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!