Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सांसद बिष्टले आफ्नो उर्जा 11 जातगोष्ठीलाई जनजाति बनाउऩे र गोर्खाहरुको स्थायी राजनैतिक समाधान गर्नुमा खर्च गरून्:- रोशन गिरी


दार्जीलिङ, 28 अगस्त। गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय महासचिव रोशन गिरीले एउटा प्रेस बयान जारी गर्दै दार्जीलिङका लोकसभा सांसदले छुटेका 11 जात गोष्ठीलाई जनजाति बनाउने अनि पाहाड़को स्थाई राजनैतिक समाधानको बाटोमा काम गर्ने अनुरोध गरेका छन्। उनले अन्य मुद्दाहरूलाई भन्दा मुख्य रूपमा यी दुइ मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताएको छ। उनले प्रेस बयानमा भनेका छन् गोर्खा जनमुक्ती मोर्चा र भाजपाको गठबन्धन एक दशक भन्दा पुरानो हो। गोर्खा जनमुक्ति मोर्चा पार्टीले यो गठबन्धनको धर्मलाई आजसम्म इमानदारीको साथ पालन गर्दै आइरहेको छ। २००९ देखि २०१९ सम्म दार्जीलिङ संसदीय क्षेत्रबाट भाजपाको उम्मेदवारलाई विजयी बनाएर भारत देशको संसदमा पुर्यााउनु गोर्खा जनमुक्ति मोर्चा पार्टीले अहम भूमिका निर्वाह गरेको सत्यलाई कसैले नकार्न सक्तैन। आज आएर भाजपाको कतिपय नेतृत्वहरुले गोर्खा जनमुक्ति मोर्चा पार्टीसंगको गठबन्धनलाई अवहेलना गर्न खोजिरहेको हामीले महसुस गरेका छौं। २००९ मा दार्जीलिङ संसदीय क्षेत्रबाट निर्वाचित बनेका सांसद जसवन्त सिंह एवं २०१४ मा दार्जीलिङ संसदीय क्षेत्रबाट निर्वाचित बनेका सांसद एस.एस.आहलुवालियाको संसदीय कालमा दार्जीलिङ संसदीय क्षेत्रमा भाजपाले आफ्नो पार्टी विस्तार गर्ने कार्यक्रम पटक्कै गरेन कारण त्यसबेला दार्जीलिङ पहाड तराई अनि डुवर्समा भाजपा कै घटक दल गोर्खा जनमुक्ति मोर्चा पार्टीको वर्चस्व कायम थियो – त्यसबेला हाम्रो पार्टीको सम्पूर्ण नेतृत्ववृन्द पनि मैदानमा नै थियो। आज हाम्रो शीर्ष नेतृत्ववृन्दहरु विस्थापित जीवन यापन गर्न बाध्य छन् अनि यसैको फाइदा उठाएर हो वा अन्य कारणले गर्दा हो अहिले आएर भाजपा पार्टीले दार्जीलिङ पहाड तराई अनि डुवर्समा भाजपाको सदस्यता अभियान शुरु गर्ने घोषणा गरेको छ, उनले अहिले भाजपाको क्रियाकलापमाथि समिक्षा गर्दै यस प्रकारको मन्तव्य व्यक्त गरेका छन्। यसैगरि महासचिव गिरीले अझ भनेका छन्, हाम्रो माननीय सांसद पनि यस अभियानमा धेरै उत्साहपूर्ण रुपले सहभागी बनेका छन् जसले गर्दा हामीलाई धेरै दुःख लागेको छ। यो सदस्यता अभियान भाजपा पार्टी कै पूर्व घोषित कार्यक्रम हो कि केवल स्वयं सांसदको मात्रै कार्यक्रम हो? भन्ने कुरामा हामी अनभिज्ञ छौं। हामीले वर्तमान सांसद राजु बिष्टलाई विशेष रुपमा भाजपाको संकल्प पत्रमा उल्लेख गरिएको दुईवटा मुद्दाहरू (१) छुटेका ११ जातलाई जनजातिको मान्यता प्रदान गर्नु अनि (२) गोर्खाहरुको स्थायी राजनैतिक समाधान गर्नको निम्ति आफ्नो क्षेत्रबाट भारी मतले विजयी बनाएर संसदमा पठाएका हौं। यसर्थ सांसदले आफ्नो ऊर्जा अन्य कुराहरूमा खर्च नगरेर केवल संकल्प पत्रमा उल्लेखित ती दुईवटा मुद्दाहरू लगायत विस्थापित अवस्थामा रहेका युवाहरूलाई चाँडो भन्दा चाँडो आ आफ्नो घर फर्काउने अभियानमा ध्यान दिने सुझाव पेश गर्दछौं भनि उनले बताएका छन्।
उनले अझ भनेका छन्, सांसद राजु बिष्टले यस विषयलाई गम्भीरतापूर्वक लिँदै भाजपाको संकल्प पत्रमा उल्लेखित बुँदाहरूमा चाँडो भन्दा चाँडो पहल गरेर गोर्खाहरुको मुहारमा खुशीको मुस्कान ल्याइदिनु हुन्छ भन्ने अपेक्षा साँचेका छौं।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!