Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

साईकिलिष्टकाे राउटे सहयोग अभियान


नेपाल कम्युनिस्ट पार्टीका स्थानीय युवा नेता तथा साईकिलिष्ट सतिश निराैलाकाे समूह गत शनिबार गुराँसेमा हिउँ परेको खबरसँगै त्यहाँ पुग्यो। त्यहाँ पुग्दा हिउँले भब्य स्वागत गरिरहे पनि त्यहाँ देखिएको एउटा फरक दृश्यले सतिश निराैलाकाे मनमा कताकता छुट्टै अनुभूति हुनथाल्यो। त्यो दृश्य थियो जङ्गलमा जीवन बिताइरहेका राउटे समुदायकाे अवस्थाको।

उनिहरु त्यहाँ परेको हिमपात र कडा चिसोमा बिजोग अवस्थामा देखिन्थे। नेपालगन्ज आइसकेपछि सोही बिषयमा चासो राख्दै सामाजिक अभियन्ता हेमन्त राज काफ्लेले सतिश निराैलासँग कुरा गरे। अनि सतिशले नेपालगन्ज साइक्लिङ्ग क्लबका केहि साथीहरूसङ्ग सल्लाह गरे र आदिवासी राउटे समुदायलाई कम्बल बितरण अभियानको लागि सहयोग जुटाउने अभियानकाे थालनी भयो। छाेटाे अवधिमा थुप्रै ठाउँबाट चासो र सहयोग प्राप्त भैरहेको छ। शुक्रबारसम्म जम्मा भएको रकमबाट राउटे समुदायका लागी कम्बल खरिद गरि उनिहरुसम्म पुर्याउने प्रयासमा सतिश र उनको समूह लागेको छ। यो अभियानमा अहिलेसम्म जोडिएकाहरुमा रबिन्द्र स्वार रु ५०००/-, प्रदिप सापकोटा – १०००/-, कमला सिह रु १०००/-, टासी दोर्जे – रु १५००/-, भरत बिक्रम शाह – रु १०००/-, कमल बढु रु १०००/-, शिव सापकोटा रु १०००/-, चन्द्र श्रेष्ठ रु १०००/-, दिपु केसि १५०९/-, बाबुराम रामदाम रु ५००/-, पन्कज सोनि १५००/-, प्रेमसागर पौडेल – १००००/-, सतिश निरौला -१०००/-, रमेशकुमार मल्ल रु. १०००/-, शालिक सुवेदी १५००/-, बुद्धि अधिकारी १५००/- रेेेेशम केसी १००० र तेजु रानाभाटले दुई हजार रुपैयाँ सहयोग गरेका छन।

अाफ्नै देशका राउटेे दाजुभाइ चिसोले कठ्याङ्ग्रिँदा अाफुलाई नै दुख परेको ठानी सहयोग गर्ने सबैलाई स्थानीय युवा नेता सतिश निराैलाले धन्यवाद ब्यक्त गरेका छन।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!