Loading... आजः शनिबार , श्रावण १२, २०८१

साजोङमा शुरु गरियो परम्परागत र वैज्ञानिक तरिकाको धान रोपाईँ र तक्निकी परिक्षण


गान्तोक, 15 जुलाई। सिक्किममा घट्दो खेती किसानको परम्परालाई पुनः जागरण गर्ने दिशामा राज्यको कृषि विभाग, कृषि महाविद्यालय तथा केही प्रगतिशील किसानहरू मरिहत्ते गरिरहेका छन्। यसै क्रममा पूर्व सिक्किमको साजोङका प्रगतिशील किसान कर्मा दिछेन सिक्किमेको खेतमा आज परम्परागत अनि वैज्ञानिक दुई तरिकाले रोपाईं आयोजन गरियो। कृषि विभागका प्रतिनिधि र कृषि महाविद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा खेतमा परम्परागतरूपमा दाँदे लगाएर लोपोन्मुख सिक्किमको मौलिक प्रजातिको धान अट्टेको रोपाईं गरियो भने राष्ट्रपति पुरस्कार समेतले सम्मानित भइसकेको दादाजी रामजी पोबढकेडे (डीआरके) प्रजातिको धानको रोपाईँपनि पहिलोपल्ट सिक्किमम गरिएको छ।
अर्कोतिर टेलर मशीनको सहायताले खेत हिल्याएर सहज तरिकाले रोपाईँगर्ने परम्परा पनि एकै साथ सञ्चालन गरिएको थियो। यसका साथै कृषि महाविद्यालय मार्चकका तक्निकी विशेषज्ञहरूले तयार गरेको नयाँ धान रोप्ने औजारले पहिलोपल्ट सजोङमा उमारिएको धानको गेडा छर्ने पर्यक्षण पनि गरियो।
अर्कोतिर राङ्का क्षेत्रका कृषि निरिक्षक समवेदना प्रधानले किसानहरूमा खेतीको समय बीऊको सुरक्षा र खेतको ऊर्बराशक्तिको विकासको निम्ति विभागको तर्फबाट भइरहेको पहल बारे पनि प्रत्यक्ष जानकारी गाराइन्। उनले आजको रोपाईँमा धानको ब्याढबाट उखेलिएको बिरुवालाई टाइकोडरमा-को झोलमा जरा भिजाएर रोप्दा किट पतङको र अन्य संक्रमणको कमी हुने बारे प्रत्यक्ष जानकारी गराइन्। यसैगरी उनले खेतको ऊर्वराशक्ति विकास गर्ने तथा नाइट्रोजन फिक्सिङमा प्रयोग हुने पियानो बेक्टरिया अर्थात ब्लू ग्रीन एल्गीको प्रयोगले हुने फाइदा बारे अवगत गराइन्। किसानहरूले यी विधिहरू प्रयोग गर्न चासो नदेखाएको तर यसबाट हुने लाभहरू विषयमा पनि बताइन्।

अर्कोतिर कृषि महाविद्यालयका तक्निकी प्रतिनिधिहरू सञ्जय सिंह, सुशान्त पर्दा र मोहन विश्वकर्माले ब्याड़ नराखि धान रोप्ने नयाँ औजारको परिक्षण गर्दै पहिलोपल्ट साजोङमा रोपाईँ गरे। यसबारे बताउँदै तक्निकी प्रतिनिधि सञ्जय सिंहले धानको बिऊ दुई दिन भिजाएर उम्रिन थालेपछि औजारमा हालेर तयार पारिएको खेतमा सोझै रोप्न सकिनेछ। यसको प्रयोग मध्यप्रदेश, मणिपुरमा सफल भएको अनि सिक्किमको पनि नाम्थाङ र केही ठाउँहरूमा पहिलेबाटै सफल बनेको हुनाले यसबाट सिक्किम जस्तो ठाउँमा जहाँ खेतालाको कमी हुनेगरेको कारण धेरै सहयोगी सिद्ध हुने बताए। जसले एक दिनमा तीन चार ऐकर खेतमा रोपाईँ गर्नसक्ने बताए।

अर्कोतिर प्रगतिशील किसान कर्मादिछेन सिक्किमेले यसपटक हराउँदै गरेको अट्टे धान र नयाँ प्रजातिको डीआरके धान रोप्ने निर्णय गरेको अनि यो सफल भएमा बिजन संरक्षण गरेर सिक्किमे किसानहरूको निम्ति उपलब्ध गराउऩे बताए। डीआरकेको उत्तराखण्डमा सफल खेती भएको कारण सिक्किममा पनि मौसम मिल्ने भएको कारण यसपटक प्रयोगकोरूपमा रोपाईँ गरेको अनि सफल भएमा यो धेरै लाभकारी हुने बताए। यसको चामल 350 रुपियाँ किलो बिक्रि हुने भएको हुनाले किसानहरूलाई धेरै लाभ हुनेपनि जनाए। अर्कोतिर उनले युवाहरूलाई खेती किसानमा अघि ल्याउनको निम्ति सरकार, विभाग र प्रगतिशील किसानहरूको संयुक्त तत्परतामा सम्मेलन तथा युवाहरूलाई आकर्षण गर्ने कार्यक्रमहरू आयोजन गर्नुपर्ने अनि सिक्किमा भएको पानीको उपलब्धतालाई सहीरूपमा प्रयोग गर्दै खेतीमा लगाउनसक्ने जस्ता सुझाउहरू पनि राखेका थिए। आजको रोपाईँमा कृषि विभागका कर्मचारी, एक परिवार एक नोकरीका कर्मचारी, एडीओ, भीएलडब्ल्यूओ र स्थानीय किसानहरूको उपस्थिति रहेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!