Loading... आजः शनिबार , श्रावण १२, २०८१

साजोङ रुम्तेकका तीस किसानको खेती असिनाले सखाप, विभागले गऱ्यो निरिक्षण


गान्तोक, 10 अप्रेल। पूर्व सिक्किमको साजोङ गाउँमा जैविक खेती गर्ने लगभग तीस घर किसानको विभिन्न फसल सखाप भएको छ। हिजो बिहिबार अपह्रान्न आएको असिना पानीले फापर, कोपी, मकै, मटरजस्ता सब्जीको खोती ध्वस्त पारेको छ भने भर्खरै फूल खेल्न थालेको सुन्तला र अलैंचीको बगान सोत्तर पारेको छ। तीनवटा वार्डको किसानहरू असिनाको प्रकोपले आफ्नो परिश्रमको सर्वस्व गुमाउन पुगेका छन्। साजोङ क्षेत्रको यो प्राकृतिक प्रकोपको कारण भएको बिजाईँ बारे निरिक्षण गर्न राज्य सरकारको कृषि तथा बागवानी विभागका अघिकारीहरूले भ्रमण गरे। स्थानीय प्रगतिशील जैविक किसानहरूको सङ्गठनका अध्यक्ष कर्मा दिछेन भोटियाले भने, असिनाले हाम्रो केही बाँकी राखेन। सबैको मेहनत बेकार भयो। उनले बताए अनुसार 25 हेक्टर जमीनमा लगाइएको तीते र मिठे फापर भर्खर दाना दग्न थालेको थियोसबै खत्तम भयो। उनले गाउँको सबै किसानहरूको खेती हिजोको असिनाले बिगारेको अनि त्यसबारे विभागले निरिक्षण गरेर क्षतिपूर्ती दिने वचन दिएका छन्। तर यसपालि भएको क्षतिको भरपाई हुन्छ भन्ने आशा छ। किनभने किसानहरूलाई त्यसै पनि कोविड-19को कारण निकै मार्का परेको समय असीना-20ले हाम्रो धेरै क्षति भएको छ। उनले सरकारको पक्षबाट न्यूनतम सपोर्ट मनी प्रदान गर्नुपर्ने माग राखे। उनले पछिल्लो प्रकोपहरूमा जस्तो किसानको आशा ठण्डा बस्तामा नपरोस भनि विभागसित अनुरोध पनि गरेका छन्।

यसैगरी विभागीय अधिकारीहरूको पक्षमा निर्देशक सेराप भोटियाले निरिक्षणपछि यहाँको क्षतिबारे सरकारलाई रिपोर्ट पेशगर्ने अनि केन्द्र सरकारले प्राकृतिक प्रकोपमा किसानहरूलाई केन्द्र सरकारले तय गरेको क्षतिपूर्तीको मानदण्ड अऩुसार भएजति खतिको सबै भुक्तान नभएपनि केही हदसम्म क्षतिपूर्ती प्रदान गर्ने व्यवस्था मिलाउने बताए। यसैगरी यो क्षेत्रमा फापर, मकै, कोपी, सुन्तला, मटर र अलैंची जस्ता नगदेबालीहरू असीनाले बिगारेको अनि त्यसको क्षतिबारे आफूहरूले निरिक्षण गरेर प्रतिवेदन तयार गरेको छ। उनले राज्यको अन्य जिल्लामा कुनै प्रभाव नपरेको पूर्व जिल्लाको भने साजोङ रुम्तेक र छलाम्थाङमा असिनाको प्रकोप देखिएको बताए। यसको निम्ति विभागले अधिकारीहरू खटाएर किसानहरूको खेत-बारीमै पुगेर निरिक्षण गरी क्षतिपूर्तीको निम्ति पहल गरिदिने बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!