Loading... आजः शनिबार , श्रावण १२, २०८१

साझा यातायातद्वारा काठमाडौँ उपत्यकामा सेवा सुरु


साझा यातायातले बिहीबारबाट काठमाडौँ उपत्यकामा सेवा सुरु गरेको छ। सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका ८ वटा रुटमा सेवा दिन सुरु गरेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ। उहाँले भन्नुभयो, ‘हाम्रा २६ वटा बसले आजबाट साविककै आठ वटा रुटमा सेवा सुरु गरेका छन्। यात्रुको चाप हेरेर आवश्यकताअनुसार बसहरु थप्दै जाने छौं।’

लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस चलिरहेका छन्। साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको छ। यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, बसभित्र भीड नगर्न, व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न र खुद्रा भाडाको व्यवस्था गरेर बस चढ्न साझाले आग्रह गरेको छ।

साझाका चालक र सहचालकले मास्क, पन्जा र फेस सिल्ड लगाएका छन्। बसमा चढ्नु अगाडि उनीहरुले यात्रुहरुलाई स्यानिटाइजर प्रयोग गर्न दिन्छन्। साथै यात्रुको सेवामा निस्किनुअघि र यात्रुहरु बसेको सिटलगायतका स्थानमा स्यानिटाइज गरिन्छ। सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीहरुले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन्। यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरे पनि केही कम्पनीहरुले भने निर्णय अवज्ञा गर्न थालेका छन्।

Insert your Ads code here

सरकारले काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!