Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

सात महिनामा नेपाल-चीनबीच एक खर्ब ३३ अर्बको व्यापार


चालु आर्थिक वर्षको माघमहिनासम्म नेपालले चीनसँगको व्यापारमा सहेको घाटा अघिल्लो वर्षको सोही अवधिकोभन्दा बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको व्यापार तथ्यांक अनुसार नेपाल र चीनबीच गत वर्षको समीक्षा अवधिमा भन्दा १० अर्ब ५८ करोड रुपैयाँ बढीको व्यापार भएको अनलाइन खबरले लेखेको छ।
कोरोना संक्रमण रोक्न दुवै देशले माघ १४ गते देखि दुई देशबीच सीमामा पर्ने ९ वटा नाकाहरु सहमतिमै बन्द गरेका थिए। जसमध्ये सबैभन्दा धेरै व्यापार हुने रसुवागढी र तातोपानी नाका पर्छन्। चालु आर्थिक वर्षको सात महिनामा नेपाल र चीनबीच एक खर्ब ३३ अर्ब ६८ करोड बराबरको व्यापार भएको सरकारी तथ्यांकमा देखिन्छ। यो रकम गत वर्ष भन्दा १० अर्ब ५८ करोडले बढी हो। गत वर्ष समीक्षा अवधिमा नेपाल र चीन बीचको व्यापार एक खर्ब २२ अर्ब ४ करोड बराबरको थियो।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब ३२ अर्ब ६२ करोड बराबरको वस्तु आयत हुँदा निर्यात भने १ अर्ब ६ बराबर भएको भन्सार विभागले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब २० अर्ब ८२ करोड बराबरको आयात हुंदा निर्यात भने १ अर्ब २२ करोड बराबर थियो। यस वर्ष चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ३१ अर्ब ५६ करोड रहेको छ जो गत वर्ष समिक्षा अवधिमा १ खर्ब १९ अर्ब ६० करोड थियो।

रसुवागढी भन्सार कार्यालयकाअनुसार नाका बन्द भएको एक महिना भए पनि भन्सार यार्डमा थुपारिएका सामानहरुको जाँच पास माघ २७ सम्म चलेको थियो। केही जाडो र गर्मीका सामान तथा पूर्वाधारमा प्रयोग हुने वस्तुहरुको जाँचपास गर्दा दुई देशबीचको व्यापारमा असर नदेखिएको रसुवा भन्सार प्रमुख पुण्य बिक्रम खड्काले बताउनुभयो।

Insert your Ads code here

बन्दरगाहबाट सामान आउन ४५ दिन लाग्ने र कोरोनाको प्रकोपले त्यस अघि नै भएका व्यपारमा कुनै असर नपर्ने उहाँले बताउनुभयो। ‘ठ्याक्कै ब्यापार अबरुद्ध भएको बल्लएक महिना भयो, अब असर देखिएला,’ भन्सार प्रमुख खड्काले भन्नुभयो।

चालु आर्थिक वर्षमा रसुवागढी नाकाबाट २६ अर्ब २३ करोडको वस्तु आयत हुँदा ५८ करोड २३ लाखको निर्यात भएको छ। यस्तै तातोपानी नाकाबाट ४ अर्ब ८८ करोडको निर्यात हुँदा १३ करोड ७६ लाखको वस्तु निर्यात भएको छ। यस बाहेक हवाई र सामुन्द्री बन्दरगाहमार्फत पनि नेपाल र चीन बीच ब्यापार हुने गर्छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!