Loading... आजः शनिबार , श्रावण १२, २०८१

साथी अस्पतालको तेस्रो साधारणसभा सम्पन्न, अस्पतालको अध्यक्षमा शंकर शर्मा चयन


 

मसिर २० कैलाली टिकापुर

Insert your Ads code here

टीकापुरस्थित साथी अस्पताल प्रालीको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले तीन वर्षका लागि शंकरप्रशाद शर्माको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्ष, पुष्पराज उपाध्याय, सचिब सुरेन्द्रकिशोर गिरी र कोषाध्यक्षमा तपेन्द्रबहादुर विष्ट चयन हुनुभएको छ भने सदस्यहरुमा कल्पना खड्का, फिरुलाल चौधरी र पृथ्वी बम चयन हुनुभएको छ । साधारणसभाले अस्पतालका लागि जग्गा खरिद गर्ने, हाड जोर्नीको शल्यक्रिया गर्न आवश्यक पर्ने मेशिन र अस्पताललाई १५ बाट स्तरोत्रती गरेर २५ शैया पु¥याउने प्रस्ताव पास गरेको छ । अस्पतालका अध्यक्ष शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शेयर सदस्य नवराज रावल र चक्रपाणी सापकोटा र संस्थापक टेकनारायण पौडेलले अस्पतालको भबिष्य सुनिश्चित गर्न आफ्नै भवन निर्माण गर्नुपर्ने र सेवा थप गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष पुष्पराज उपाध्यायले गर्नुभएको थियो भने संचालन सचिब सुरेन्द्र किशोर गिरीले गर्नुभएको थियो । साधारणसभामा अस्पतालको आर्थिक अवस्थाका बारेमा कोषाध्यक्षले प्रतिवेदन पेस गर्नुभएको थियो । नया“ व्यबस्थापन समिति चयन भएपछि शुभकामना दिदै शेयर सदस्य भुवनेश्वर अधिकारीले साथी अस्पताल नीजी भएपनि यसको उदेश्य पवित्र भएको बताउनुभयो । पवित्र उद्देश्य भएको संस्थामा बस्ने व्यक्तिहरुको नियत पनि पवित्र हुनुपर्ने बताउँदै टीकापुरमा रहेको एउटा मात्रै नीजी अस्पतालका बारेमा यस क्षेत्रका नागरिक पनि सकारात्मक हुनुपर्ने बताउनुभयो । यसैगरी शेयर सदस्य नाथुराम चौधरी, श्यामराज पाण्डे, कृष्ण भण्डारी र डिपी उपाध्यायले अध्यक्ष तथा पदाधिकारीलाई शुभकामना दिनुभएको थियो । ३० जना शेयर सदस्य रहेको साथी अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी ३० जना भन्दा बढीले रोजगार पाएका छन् । साधारणसभामा संस्थापक टेकनारायण पौडेल, पूर्ब प्रबन्ध निर्देशक नगेन्द्र शाही र कर्मचारी लिला चौधरीलाई सम्मान गरिएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!