Loading... आजः शनिबार , श्रावण १२, २०८१

साधरण जीवनशैलीको उदाहरण बन्दै मुख्यमन्त्री गोले


गान्तोक, 18 जुन। सिक्किमेली समाजले गरेको आर्थिक, शैक्षिक र भौतिक विकाससितै मानिसहरूले नचाहेर पनि आत्मसात गर्दै आएको आधुनिकताको टलक अनि देखावटी आडम्बरहरूलाई पर सारेर साधरण जीवनशैलीको उदाहरण स्थापित गर्ने दिशामा अग्रसर बनेका छन् अहिले सिक्किमलाई नेतृत्व दिइरेका मुख्यमन्त्री पीएस गोले। उनले राज्यमा सत्ताको बागडोर सम्हालेपछि नै सरकारी खर्च कम गर्ने घोषणासितै महङ्गो वाहन चड्न छोडेर साधरण वाहनलाई आफ्नो काफिला र व्यक्तिगत प्रयोगमा सामेल गरेपछि उनले राजकोषबाट धेरै खर्च घटाउनुपर्छ भन्ने एकप्रकारले सैद्धान्तिक निर्णय नै गरिसकेका छन्। यसैगरि उनले आम जनतासित सहजप्रकारले मुख्यमन्त्री जोडिन सकोस भन्ने उदाहरणहरू पनि प्रस्तुत गर्दै आएका छन्। उनी सत्तामा आएको केही महिना बित्दा नै उनले राष्ट्रीय राजमार्ग 10 मा पर्ने तारखोलाको एउटा सड़क किनारको ढावामा आम नागरिकले झै भोजन खाएपछि उनको फोटो सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको थियो। उक्त फोटोलाई समालोचनाहरू भइरहेको भए पनि उनले उक्त होटलमा सत्तामा आउन अघि पनि खाने गरेको अनि सत्तामा आएर पनि उस्तै प्रकारले खान खाने जाने गरेको होटल सञ्चालक सुरज दाहालले बताए।

यसैगरि अहिले सामाजिक सञ्जालमा मुख्यमन्त्री गोलेको अर्को हिज 17 जुनको दिनमात्र पूर्व सिक्किम 32 नम्बर रादाङमा हरियो मकै बेच्नेहरूसित समय बिताएको तथा आम नागरिक सरह पिरामा बसेर पोलेको मकै खाइरहेको तस्वीर निक्कै चर्चामा रहेको छ। उनले आफ्नो यस प्रकारको क्रियाकलापले आफू राज्यको उच्चतम् ओहोदामा पुगेर पनि आफ्नो अस्तित्व र भुँइ नबिर्सिनु महत्वपूर्ण देखिएको छ। यद्यपी यसलाई प्रतिक्रियाहरूमा मिडिया स्टण्डको संज्ञा पनि दिइएको भए तापनि एकजना व्यस्त मुख्यमन्त्रीले आफ्नो व्यक्तिगत जीवनमा केही समय भए पनि आम मानिसले जस्तो सोचिदिनु अनि आम मानिससित बसेर उनीहरूको जीवन साझा गर्नु भने निक्कै महत्वपूर्ण अनि उदाहरणीय जीवन शैलीको आधार मान्ने ठाउँ छ। यसभन्दा अघि पनि उनले जनताको काम हवाई यात्राको समय पनि सरकारी फाइलहरू हेरेर बिताएको अर्को उदाहरण पनि सामाजिक सञ्जालमा अघिबाटै चर्चाको विषय बन्न पुगेको थियो। समग्रमा हेर्दा राज्यको मुख्यमन्त्रीबाटै साधरण जीवनशैलीको एउटा उदाहरण जनतामा प्रस्तुत गर्ने प्रयासको रूपमा उनका यी कार्यहरूलाई सकरात्मक रूपमा हेर्न सकिने ठाउँ प्रशस्त रहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!