Loading... आजः शनिबार , श्रावण १२, २०८१

साना किसानलाई प्रोत्साहित गर्न आवश्यक्ता


नेपाल सरकारले कृषिमा आत्मनिर्भर बनाउन अनुदान लगायत लगानी नगरेको भने होइन, तर यहाँ साना किसान, विपन्न किसानलाई नभई अन्य ठूला किसानहरुका लागी ति सेवा सुविधाहुने गरेको पाईन्छ । जहापनि ठूलालाई नै सबै सेवा सुबिधा हुने साना किसान सानानै हुने तितो सत्य छ । साना किसानको नाम राखी ठूला किसानहरुले सेवा सुबिद्या लिने गरेको पनि सुनिन्छ । नेपाल सरकारले देशलाई कृषिमा कान्त्रि गरी आत्मनिर्भर बनाउने नारा दिई कृषी क्षेत्रमा ठूलो लगानी नगरेको भने होइन तर त्यहाँ पनि पहुचकै भरमा राहत तथा सेवा सुबिधा दिने गरेको घटनाहरुले विपन्न साना किसानहरु मारमा पर्ने गरेका छन् ।
देशलाई कृषीबाट आत्मनिर्भर बनाउन, साना किसानहरुलाई कुन तरिकाले प्रोत्साहित गर्न सकिन्छ त्यस तर्फ सबै सरोकारवालाहरुको ध्यान जान जरुरी छ । अहिले पनि राम्रो समाजमा बिपन्न साना किसानहरु बिउ बिज तथा कृषि औजारहरुलागि भौतारिनु परिरहेका छन् । बिपन्न सानाकिसानहरु राहत तथा अनुदानका लागि कागजी प्रक्रिया वारे थाहाँ नहुँदा अनुदानहरुमा बन्चित हुनु परिरहेका छन् । साना किसानहरुलाई अब नेपाल सरकारले साना किसान कृषक कार्यक्रम लागु गरी सतप्रति अनुदानको व्यवस्था मिलाउन आवश्यक छ , उनीहरुका लागि वडा स्तरमा सहायता कक्ष र कृषी प्राबिधीकको व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।

जति जे नारा दिएपनि जुन कार्यक्रम ल्याएपनि जब सम्म बिपन्न किसानहरुको जिवनस्तरमा सुधार आउदैन तब सम्म देशले समृद्धि पाउन सक्दैन त्यसैले यहाँ तेरो र मेरो भन्दा पनि जसका लागि आवश्यक छ उसले राहत तथा अनुदान पाउन जरुरी छ । अब राहत अनुदान ठूला किसानलाई मात्र होइन बिपन्न साना किसानहरुलाई उपलब्ध गराउन जरुरी छ । थोपा थोपाबाट समुन्द्र बन्दछ भने झै साना साना किसानबाट देशले कृषिमा खाद्यय बस्तुमा आत्मनिर्भर बन्दै देश समृद्धि तर्फ अगाडी बढ्न सक्ने छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!